आज :

विश्व स्वास्थ्य संगठनले भन्यो–कोरोना चीनले उत्पति गराएको होइन, प्राकृतिक रुपमै

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरस चीनले उत्पति नगराएको बताएको छ । उसले कोरोनाको उत्पति प्राकृतिक रुपमा भएको जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले कोरोना पैदा गराएको दाबी गरेको केही घण्टाभित्रै डब्लुएचओका कार्यकारी निर्देशक माइकल रायनले सो बताएका हुन् । उनले भाइरसको आनुवंशिक अनुक्रम जाँच गरिरहेका वैज्ञानिकहरुले उक्त भाइरसको उत्पति प्राकृतिक रुपमै भएको पुष्टि गरेको रायनले बताए ।

गत महिना डब्लुएचओले नै कोरोना भाइरस जनावरहरुबाट फैलिएको हुनसक्ने आंकलन गर्दै घरपालुवा जनावरको मासु आयात निर्यातमा रोक लगाउनुपर्ने जनाएको थियो ।

अमेरिकाले कोरोना चीनले उत्पति गरेको आरोप लगाएपछि डब्लुएचओले भाइरसको उत्पतिका बारेमा अनुसन्धान गरिरहेको बताएको थियो । अमेरिकाले आफ्नो आरोपलाई साथ नदिएको भन्दै डब्युएचओलाई दिँदै आएको सहयोग रोक्का गरिसकेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal