आज :

एकाएक समिकरण बदलियो, ओलीको पक्षमा बहुमत

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अघिल्लो दिन गुट फेरबदल भएका छन् । नयाँ समिकरण पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली सचिवालयमा बहुमतमा पुगेका छन् ।

उपाध्यक्षमा प्रस्तावित वामदेव गौतमले प्रचण्ड –माधव कुमार नेपाल गठबन्ध तोडेसँगै ओलीको पक्षमा बहुमत पुगेको चर्चा सुरु भएको छ । शुक्रबार प्रचण्ड, नेता नेपालबीच भएको छलफलमा सहभागी भएनन् । शुक्रबार कोटेश्वरमा भएको बैठकमा अनुपस्थित भएसँगै गौतम ओलीको गुटतिर लागेको बताइएको छ ।

स्थायी समिति हरिबोल गजुरेलले शुक्रबार साँझ गौतम ओली गुटतिर लागेको बताएका थिए । एक टेलिभिजनसँगको अन्तरवार्तामा गजुरेलले गौतम ओली गुटतिर लागेको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले अस्तीको बैठकमा गौतमलाई कोरोनापछि प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका थिए । ओलीविरुद्ध चर्को रुपमा बोल्दै आएका गौतम प्रधानमन्त्रीको प्रस्तावसँगै रातारात ओलीतिर लागेका हुन् ।

योसँगै अब सचिवालयमा ओलीको पक्षमा बहुमत पुगेको छ । कुल ९ सदस्यीय सचिवालयमा ओलीसहित गौतम, इश्वर पोखरेल, रामहादुर थापा र विष्णु पौडेल पाँच जना पुगेका छन् भने कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपालसंग अर्का वरिष्ठ नेता झलनाथ खनाल र नारायणकाजी श्रेष्ठको मात्र साथ रहेको छ ।

नयाँ समिकणपछि शनिबार पाँच बजेलाई बोलाइएको बैठकले ओलीले चाहेअनुसार निर्णय गर्ने अनुमान गरिएको छ ।

उसो त प्रचण्ड र नेपालले गौतमको विश्वास नगरेकै कारण स्थायी समिति बैठक बोलाउनु पर्ने माग गरेका हुन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal