आज :

कोरोना चीनले जानीजानी पैदा गरेको हो, मसँग प्रमण छः ट्रम्प

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरस चीनले जानीजानी पैदा गरेको आरोप लगाएका छन् । उनले आफ्नै गुप्तचर निकायको एजेन्सीको रिपोर्टको विरोधमा बोल्दै सो आरोप लागएका हुन् ।

अमेरिकी गुप्चार निकायले कोरोनाभाइरस जानीजानी पैदा नगरेको रिपोर्ट तयार गरेका छन् । तर ट्रम्पले भने चीनले वुहानको एक प्रयोगशालामा जानीजाी कोरोना पैदा गरेको आरोप लगाउँदै आएका छन् ।

दुई पहिले मात्रै ट्रम्पले आफूलाई फेरि राष्ट्रपति हुन नदिन चीनले अमेरिकामा कोरोना फैलाएको आरोप लगाएका थिए । बिहिबार ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले कोरोनाभाइरस वुहान इन्स्टिच्युट अफ भाइरोलोजीमा पैदा गरिएको बताए ।

पत्रकारको प्रश्नको जवाफ ट्रम्पले आफूसँग त्यसको प्रमाण भएको दाबी गर्दै भने, “पक्कै पनि, मसँग छ । मलाई लाग्छ कि विश्व स्वास्थ्य संगठनले चीनको प्रचार–प्रसारको जुन काम गरिरहेको छ, त्यसमा लाज लाग्नुपर्ने हो । डब्ल्यूएचओ चीनको जनसम्पर्कको रुपमा काम गरिरहेको छ ।”

ट्रम्पले चीनभित्रभ आवातजावतमा रोक लगाएको तर विश्वभर यात्रा गर्न छुट दिइएको बताउँदै यो आफूले राम्रोसँग बुझेको बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal