आज :

चिनियाँ राष्ट्रपतिको नेपाली नेतालाई सन्देश- यो कुर्सीको लागि होइन, कोरोनासँग लड्ने बेला हो

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक किचलो बढ्दै गएपछि सरकारको अभिव्यमाथि प्रश्न उठाउन थालिएको छ । प्रधानमन्त्री तथा (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले सरकार र पार्टी अध्यक्षमध्ये एक छोड्नुपर्ने अडान नेताहरु राख्न थालेका छन् ।

अर्का अध्यक्ष प्रचण्ड र नेता माधवकुमार नेपालले प्रधानमन्त्रीको नियतमाथि नै प्रश्न उठाउन लागेका छन् । प्रचण्ड र नेपाल निकट दोस्रो पुस्ताका नेताहरुले प्रधानमन्त्री गम्भी प्र्रश्न उठउन थालेपछि सरकारको भविश्यबारे पनि प्रश्न उठ्न थालेको छ । तर ओली निकट नेताहरुले त्यसलाई अस्वीकार गर्दै आएका छन् ।

नेपालमा राजनीतिक खिचातानी बढ्न थालेपछि चिनियाँ राष्ट्रपति सी जिनफिङले समेत चाँसो दिएका छन् । केही दिनदेखि चीनले दूतावासमार्फत पछिल्लो पटक विकास भएको नेपालको राजनीतिबारे बुझ्न लगाएको थियो । दूताबासको रिपोर्ट बेइजिङ पुगेपछि सी आफैले चाँसो दिएको बताइएको छ ।

चिनियाँ राष्ट्रपति सीले सोमबार राति राष्ट्रपति विद्यादेवी भण्डारीलाई फोन गरेर नेपालको राजनीतिक र कोरोना संक्रमणबारे जानकारी लिएका छन् । नेपालमा कुर्सीको लागि हुने राजीतिक उतारचढाबवारे सधैं मौन बस्ने चीन यसपटक भने सक्रिय भएको छ ।

प्रधानमन्त्रीले दुईवटा अध्यादेश ल्याएपछि चीन झस्केको थियो । स्रोतहरुका अनुसार एमसीसी पास गर्न अध्यादेश ल्याइएको चीनको बुझाई थियो । तर खारेज भएसँगै केही सकारात्मक बनेको चीन सत्तारुढ पार्टीभित्रको कुर्सी तानातानले चीन फेरि झस्किएको छ । (नेकपा) विभाजन हुने अमेरिकी र भारतीय समर्थनमा सरकार बन्ने सक्ने खतरा देखेपछि सीले नेपालको राजनीतिलाई चाँसो दिएका हुन् ।

राष्ट्रपति भण्डारीमार्फत सीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सन्देश पठाएको बताइएको छ । उक्त सन्देश सोमबार राति नै ओलीलाई पाइसकेको बालुवाटार स्रोतको दाबी छ । राष्ट्रपति सीले अहिले कुुर्सीको लागि नभएर एकजुट भएर कोरोनासँग लड्ने बेला भएको भन्दै एक जुट हुन सन्देश पठाएको स्रोतको दाबी छ । मंगलबार दिउँसो प्रधानमन्त्री ओलीले राष्ट्रपति सीको सन्देश प्रचण्डलाई सुनाउन बालुवाटार बोलाएका थिए ।

आज सचिवालय बैठक बस्ने सहमितबीच दुबै अध्यक्ष छुटिएका थिए तर आज दिउँसोसम्म  सचिवालय बस्न सकेन । उल्टै प्रधानमन्त्री ओलीले सांसदहरुको हस्ताक्षर अभियान सुरु गरेका छनु । बालुवाटारमै बोलाएर प्रधानमन्त्रीले खाली कागजमा सांसदहरुलाई हस्ताक्षर गराउन लगाएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal