आज :

बालुबाटारमा खाली कागजमा सांसदको हस्ताक्षर जारी राखेर प्रधानमन्त्री संसद भवनमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार संसद भवनको भवनको अवलोकन गरेका छन् । दोस्रो पटक मिर्गौला प्रत्यारोपणपछि पहिलो पटक ओली संसद भवन पुगेका हुन् ।

बजेट अधिवेशनको आह्वान गर्ने तयारी भइरहेको बेला ओली पुगे अवलोकन गरेका छन् । कोरोनाका कारण सामाजिक दूरी कायम गरी बजेट अधिवेशन बोलाउने सरकारको तयारी छ ।

बजेट अधिवेशनबारे सभामुख अग्निप सापकोटासँग छलफल गरेका प्रधानमन्त्री सँगै संसद भवन पुगको थिए । संसद सचिवालयले गरेको सामाजिक दुरी कायम गरेर बैठक बसाल्ने तयारी गरेको छ ।

संविधानअनुसार जेठ १५ गते बजेट ल्याउनुपर्ने हुन्छ । त्यसैको तयारीमा अर्थ मन्त्रालय जुटेको छ ।

पार्टीभित्रको अन्तरविरोध चर्कदै जाँदा ओलीले आफ्नो पक्षमा बालुबाटारमा सांसदहरुको हस्ताक्षर जारी रहेकै बेला प्रधानमन्त्री केपी शर्मा संसद भवन पुगेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal