आज :

कोरोनाबाट विश्वमा दुई लाख १८ हजारभन्दा बढीको मृत्यु, अमेरिकामा ६० हजार नजिक

काठमाडौं । कोरोना भाइरसका कारण विश्वभर मृत्यु हुनेको संख्या दुई लाख १८ हजार नाघेको छ । त्यसैगरी संक्रमितको संख्या ३१ लाख नाघेको छ ।
अमेरिकामा मृत्यु हुनेको संख्या ६० हजार नजिक पुगेको छ । यो संख्या कुल मृत्युको एक तिहाई हो । बुधबार दिउसोसम्म आउँदा अमेरिकामा ५९ हजार ५ सयको मृत्यु भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् । त्यस्तै संक्रमितको संख्या १० लाख ३६ हजार नाघेको छ ।
पछिल्ला विवरणहरुले स्पेन र इटलीमा मृत्युदर घटेको देखाएको छ । इटालीमा मृतकको संख्या २७ हजार ३ सय ५९ पुगेको छ भने २ लाख १ हजार ५ सय ५ संक्रमित छन् ।
त्यस्तै स्पेनमा २३ हजार ८ सय २२ जनाको मृत्यु भएको छ । त्यहाँ २ लाख ३२ हजार १ सय २८ जना संक्रमित भएका छन् ।
फ्रान्समा १ लाख ६५ हजार ९ सय ११ जना संक्रमित छन् भने २३ हजार ६ सय ६० जनाकोे मृत्यु भएको छ । जर्मनीमा १ लाख ५९ हजार ९ सय १२ जना संक्रमित भएका छन् । मृतकको संख्या ६ हजार ३ सय १४ पुगेको छ ।
बेलायतमा मृत्यु हुनेको संख्या २१ हजार ६ सय ७८ जनाको मृत्यु भएको छ भने १ लाख ६१ हजार १ सय ४५ जना संक्रमित भएका छन् ।
नेपालको छिमेकी भारतमा १ हजार ८ जनाको मृत्यु भएको छ भने ३१ हजार ३ सय ६० जना संक्रमितको संख्या पुगेको छ ।
त्यसैगरी पाकिस्तानमा संक्रमितको संख्या १४ हजार ६ सय १२ पुग्दा ३ सय १२ जनाको मृत्यु भएको कोरोना लाइभ अपडेट गरिरहेका विभिन्न साइटहरुले विवरण सार्वजनिक गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal