आज :

सांसद ‘अपहरणकारी’ लाई सरकारले बचाउन खोजेको भन्दै काँग्रेसले निकाल्‍यो मशाल जुलुस

काठमाडौँ । सरकारले सांसद सुरेन्द्र यादवका अपहरणकारीलाई बचाउन खोजेको भन्दै नेपाली काँग्रेसले मशाल जुलुस निकालेको छ ।

आइतबार दिउँसो प्रहरीले किटानी जाहेरी नलिएपछि काँग्रेसले सरकारले नै अपराधी बचाउन खोजेको बताउँदै सडकमा निस्केको हो ।

लकडाउन बीच नेपाली काँग्रेस सिन्धुपाञ्चोकले आइतबार साँझ मशाल जुलुस निकालेको छ । सत्तारुढ पार्टीका सांसद महेश बस्नेत, किसान श्रेष्ठ र नेपाल प्रहरीका पुर्बआइजिपी सर्बेन्द्र खनालले सांसद यादवको अपहरण गरेको भन्दै कारवाहीको माग गर्दै काँग्रेस सडकमा निस्केको छ ।

काँग्रेसका नेता कार्यकर्ताहरुले सरकारविरुद्ध नाराबाजी गरेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal