आज :

सांसद अपहरणको मुद्दा प्रहरीले लिएन, नेताहरु भन्छन्- जाहेरी नलिन प्रधानमन्त्रीले निर्देशन दिए

१४ वैशाख
काठमाडौं । सांसद अपहरणको मुद्दा प्रहरीले लिन नमानेपछि नेताहरु खाली हात फर्किएका छन् । सांसद सुरेन्द्र यादवलाई महोत्तरीबाट अपहरण गरेर काठमाडौँ ल्याएको भन्दै सांसद महेश बस्नेत र किसान श्रेष्ठ र पूर्वप्रहरी महानिरीक्षक सवेन्द्र खनालविरुद्ध अपहरण तथा शरीर बन्धकको जोहरी बोकेर जनता सामाजवादी पार्टीका काठमाडौँ परिसर पुगेका थिए ।
अपहरित सांसद यादवसहित पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतोलगायतका नेताहरू आइतबार दिउँसो टेकु पुगेका थिए । तर प्रहरीले लिन नमानेपछि जाहेरी बोकेर नेताहरु फर्केका थिए ।
जाहेरी बोकेर आएको थाहा पाएपछि परिसर प्रमुख एसएसपी श्यामलाल ज्ञवाली कार्यालयबाट निस्केको नेताहरुले बताएका छन् । ज्ञवालीले जाहेरी नलिन एसपी सोमेन्द्र राठोरलाई निर्देशन दिए ।
पीडित सांसद यादवसँगै परिसर पुगेका जनता समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले विधिसम्मत ढंगले जाहेरी दिन लाग्दा दर्ता गर्न इन्कार गरिन्छ भने ओलीतन्त्रमा कानुनको शासन कायम हुन्छ र नागरिकको जीवन रक्षा हुन्छ भनेर कसरी विश्वास गर्ने भन्ने प्रश्न गरे ।
प्रहरीले जाहेरी नलिएपछि फर्किँदै गर्दा पूर्वप्रधानमन्त्री डा. भट्टराईले यो मुद्दामा जाहेरी नदिँदा पनि राज्य आफैँले अनुसन्धान गर्नुपर्ने बताए । उनले ओलीतन्त्रले राज्यको कानुन विधान सबै लत्याएको छ र राज्यको अपराधीकरण गर्नुको साथै आफैँ अपहरणमा समेत मुछिएको बताए ।
अपहरणमा प्रधानमन्त्री आफै जोडिएको भएकोले जाहेरी नलिन प्रहरीलाई निर्देशन दिएको समाजवादीका नेताहरुले बताएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal