News Portal

लकडाउन बैशाख २५ गतेसम्म लम्बियो, खुकुलो नहुने

२०७ पटक

काठमाडौं। जारी लकडाउन बैशाख २५ गतेसम्म लम्बिएको छ । आइतबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले थप १० दिन लकडाउन जारी राख्‍ने निर्णय गरेको छ ।

यसअघि घोषित अवधिव बैशाख १५ गते सकिँदै थियो । शनिबार बसेको कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन एक साता थप गर्न सिफारिस गरेको थियो । तर मन्त्रिपरिषद् बैठकले १० दिन थप गरेको छ ।

लकडाउनलाई खुकुलो बनाउने भन्‍ने विषयमा चर्चा चलेपनि त्यसबारे कुनै छलफल नभएको अहिलेकै अवस्था जारी रहने बताइएको छ ।

प्रतिकृया दिनुहोस्