आज :

बस्‍नेत-श्रेष्ठ र खनाललाई सडक कारवाही गर्ने अखिल क्रान्तिकारीसहित ६ विद्यार्थी संगठनको तयारी

काठमाडौं । सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गरेको भन्दै विद्यार्थी संगठनहरुले कारवाहीको तयारी गरेका छन् । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीसहित ६ विद्यार्थी संगठनका नेताहरुले सांसद अपहरणमा संलग्न सत्तारुढ दलका सांसद महेश बस्नेत, किसन श्रेष्ठ र पूर्वप्रहरी प्रमुख सर्वेन्द्र खनाललाई सडक कारवाही गर्नेबारे छलफल गरेका छन् ।

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारीसहित ६ विद्यार्थी संगठनहरुले शनिबार संयुक्त विज्ञप्ति जारी गरेर सरकारसँग कारवाहीको माग गरेका थिए । यदि सरकारले नगरे आफूहरु कारवाही गर्न बाध्य हुने चेतावनी दिएका थिए ।

संयुक्त विद्यार्थी संगठनका एक नेताले अनलाइन डबलीसँग कुरा गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनमा अपहरण गरिएको हुँदा कारवाही गर्ने नदेखेको बताए । उनले त्यस्तो अवस्थामा कसरी कारवाही गर्ने भन्नेबारे साथीहरुसँग छलफल भइरहेको बताए । “यो घटना प्रधानमन्त्रीकै संलग्नता भएकोले सरकारले कारवाही गर्ने देखेका छैनौं । समाजवादीका नेताहरुले अपहरणको मुद्धा चलाउनबारे कानुन व्यवसायीसँग छलफल गरेको पनि सुनेका छौं, हेर्दै छौं । सरकार र नेताहरुले कसरी अगाडि बढाउँछन् घटनालाई । यदि यस्तै सामसुम गर्न खोजियो भने सडक कारवाही गर्छौ” उनले भने । सरकारले कानुनी कारवाही नगरे आफूहरुले राजनीतिक रुपमा कारवाही गर्ने उनले बताए । ती नेताका बस्‍नेत, श्रेष्ठ र खनाललाई कालोमोसो लगाएर आम जनताको अगाडि अपहरणकारी भएको सार्बजनिक गर्नेबारे विद्यार्थीबीच छलफल भइरहेको छ ।

देश लकडाउनमा भएका बेला राजनीतिक दल विभाजन गराउने योजना बनाइ सांसद अपहरण गरिएको भन्दै समाजवादी पार्टी निटक समाजवादी विद्यार्थी युनियनसहित ६ वटा विद्यार्थी संगठनका प्रमुखहरुले विज्ञप्ति जारी गरेर तत्काल कारवाही गर्न माग गरेका थिए ।
संयुक्त विज्ञप्तिमा अखिल (क्रान्तिकारी) का अध्यक्ष चिरञ्जीवी ढकाल, नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गाना, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रूपनारायण श्रेष्ठ, राष्ट्रिय विद्यार्थी सङ्घका अध्यक्ष मनीष मिश्र, राप्रविस (संयुक्त) का अध्यक्ष धनसुर शाही र अखिल क्रान्तिकारीका अध्यक्ष आलोक रायमाझीले संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका थिए ।

“सांसदलाई जबर्जस्ती मानसिक दबाब दिने आपराधिक कार्यमा संलग्न सम्पूर्णलाई कानुनी कारबाहीको दायरामा ल्याई हदैसम्मको कारबाही गर्न हामी सरकारसँग जोडदार माग गर्दछौँ । राजनीतिलाई विकृत बनाई नेपाली जनतालाई राजनीतिक क्षेत्रप्रति नै वितृष्णा गराउने गरी गराइएको यो अपहरणकाण्डमा संलग्न रहेकाहरूलाई सरकारले कारबाही नगरे हामी आफैँ कारबाही गर्न बाध्य हुनेछौँ” संयुक्त विज्ञप्तिमा भनिएको छ ।

सबै राजनीतिक दल तथा सम्पूर्ण जनता एकताबद्ध भई कोरोना महामारीविरुद्ध लडिरहेको यस गम्भीर क्षणमा नेपाली राजनीतिलाई नै बदनाम गर्ने तथा लोकतन्त्रलाई कमजोर पार्ने यो आपराधिक तथा लज्जाजनक कार्य भएको भन्दै विद्यार्थी नेताहरुले घोर भत्सर्ना समेत गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal