काठमाडौँ । छिमेकी भारतमा कोरोनाभाइरस तीब्र रुपमा कोरोनाभाइरस भुसको आगोझैं फैलिरहेको छ । शुक्रबार विहानसम्म आइपुग्दा २ सय २८ जनाको मृत्यु भइसकेको छ भने ७ हजार संक्रमित भएका छन् ।
भारतीय संचारमाध्यमहरुका अनुसार सबैभन्दा धेरै सङ्क्रमित पश्चिमी राज्य महाराष्ट्र, त्यसपछि तमिलनाडु र दिल्लीमा कोरोनाका संक्रमित भेटिएका छन् ।
नेपालसँग सिमाना जोडिएका बिहारमा ३९ जना, पश्चिम बङ्गालमा १ सयभन्दा धेरै र उत्तराखण्डमा ३५ जना सङ्क्रमित भएको जनाइएको छ ।
मार्च २४ देखि भारतभर लकडाउन गरिएको छ । तर यसबीच केही ठाउँमा सङ्क्रमण तीव्र विस्तार भएपछि ती ठाउँलाई स्थानीय रूपमा सील गरिएको छ ।
खासगरी दिल्ली र उत्तर प्रदेशका कतिपय ‘हटस्पट’ भनिएका त्यस्ता धेरै सङ्क्रमित भएको स्थानहरूलाई आवतजावतमा पूर्णतयाः बन्देज लगाउने गरि सुरक्षाकर्मी खटाएर सील गरिएका छन् ।
नेपालसँग सिमाना जोडिएको उत्तर प्रदेशमा कोरोनाभाइरस सङ्क्रमणले सबभन्दा धेरै प्रभावित १५ जिल्लाका १०४ ‘हटस्पट’लाई पूर्ण रूपमा सील गरिने निर्णय भएको भारतीय संचारमाध्यमहरुले बताएका छन् ।