News Portal

  • पूर्व आइजीपी श्रेष्ठलाई पितृ शोक

    ११२७ पटक

    काठमाडौं ।  सशस्त्र प्रहरी बल नेपालका पूर्व महा–निरिक्षक (IGP) सिंहबहादुर श्रेष्ठलाई बुधबार पीतृ सोक भएको छ । उनका बुबा ९५ वर्षिय केशव श्रेष्ठको निधन भएको छ । लामो समयदेखि निमोनियाबाट पीडित हुँदै आएकोमा आज बेलुका ४ बजे घट्टेकुलो स्थित निवासमा निधन भएको परिवार स्रोतले अनलाइन डबलीलाई बताएको छ । ६ छोरा र एक छोरीका पिता दिवंगत केशब श्रेष्ठका जेठा छोरा सिंहबहादुर सशस्त्र प्रहरी बलको पूर्व आइजीपी हुन्, भने अर्का छोरा अर्जुन श्रेष्ठ काठमाडौ माहानगरपालिका वडा नम्बर  २९का निर्वाचित वर्तमान सदस्य हुन् ।

    प्रतिकृया दिनुहोस्