आज :

कोरोना अपडेटः मृत्यु हुनेको संख्या ७५ हजार नजिक, संक्रमित साढे १३ लाख नाघ्यो

काठमाडौँ । कोरोनाभाइरसको संक्रमण र मृतकको संख्या बढेको बढै छ । मंगलबार विहानसम्म मृत्युको संख्या ७४ हजार ६ सय ९७ पुगेको छ । इटलीमा मृत्युदर पहिलेको तुलनामा कमी आएको छ तर फ्रान्स र अमेरिकामा बढेको छ ।

त्यसैगरी १३ लाख ४६ हजार ५ सय ७० जना संक्रमित पुगेका छन् । सबैभन्दा बढी अमेरिकामा झण्डै चार लाख संक्रमितको संख्या पुगेको छ । अमेरिकामा ३ लाख ६८ हजार संक्रमितको संख्या भनिएपनि चार लाख पुगेको स्थानीय संचारमाध्यमहरुले नै बताएका छन् ।

इटलीमा मृत्यु हुनेको भन्दा सन्चो हुनेको संख्य बढेको छ । संक्रमितको संख्या पनि घटेको छ । १६ हजार ५ सय २३ पुग्दा २२ हजार ८ सय जनालाई सन्चो नभएको छ । स्पेनमा १३ हजार ३ सय ४१ जनाको मृत्यु हुँदा ४० हजारलाई सन्चो भएको छ । स्पेनमा अहिलेसम्म १ लाख ३६ हजार ७ सय जना संक्रमित भएका छन् ।

अमेरिकामा मृत्यु हुनेको संख्या १० हजार ८ सय ७१ पुग्दा १९ हजारलाई सन्चो भएको छ । अमेरिकामा सन्चो हुनेको संख्या पछिल्लो पटक ह्वातै बढेको छ ।

त्यसैगरी ३ लाख ७० हजार संक्रमित भएका छन् । फ्रान्समा पनि मृत्यु हुनेको संख्या ८ हजार ९ सय ११ जना पुगेको छ भने करिब १ लाख संक्रमित छन् । जर्मनीमा संक्रमितको तुलनामा मृत्यु हुनेको संख्या कम छ । एक लाखभन्दा बढी संक्रमित हुँदा १८ सयको मृत्यु भएको छ भने २८ हजारलाई सन्चो भएको छ ।

पछिल्लो पटक बेलायतमा मृत्यु हुनेको संख्या निकै बढेको छ । प्रधानमन्त्रीसहित करिब ५२ हजार संक्रमित छन् भने ५ हजार ३ सय ७५ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal