News Portal

  • लकडाउनको अवधि बैशाख ३ गतेसम्म थप्‍ने सरकारको निर्णय

    २०० पटक

    काठमाडौं । सरकारले लकडाउनको अवधि थप गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले थप ८ दिन लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

    सरकारले कैलाली र कञ्चनपुरमा थप संक्रमित भेटिएसँगै दोस्रो पटक लकडाउनको अवधि बढाएको छ । यसअघि सरकारले चैत ११ बाट १८ गते बिहान छ बजेसम्मका लागि लकडाउन घोषणा गरेको थियो ।

    पहिलो पटक सरकारले ८ दिन थप गर्दै लकडाउनको अवधि २५ गतेसम्म पुर्याएको थियो ।

    हिजो मात्रै सुदूरपश्चिम प्रदेश सरकारले लकडाउनको अवधि बढाउन केन्द्र सरकारलाई अनुरोध गरेको थियो ।

    प्रतिकृया दिनुहोस्