आज :

फेरि लकडाउनको अवधि बढाउने तयारी, मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौँ । सरकारले लकडाउनको अवधि बढाउने तयारी गरेको छ । भोलि रातिसम्मलाई लागु गरिएको लकडाउनको अवधि फेरि थप गर्ने तयारी भइरहेको छ ।

आजै मन्त्रिपरिषद बैठकले लकडाउनको अवधि बढाउने तयारी सरकारले गरेको छ । त्यसैको लागि प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो २ बजे मन्त्रिपरिषद बैठक बोलाएका छन् । स्रोतका अनुसार लकडाउनको अवधि एक साता बढाउने सरकारको तयारी छ ।

सुदूरपश्चिममा थप तीन जनामा कोरोनाभाइरस देखिएपछि लकडाउनको अवधि बढाउने निष्कर्षमा सरकार पुगेको हो । हिजो मात्रै सुदूरपश्चिम सरकारले लकडाउनको अवधि बढाउन केन्द्र सरकारसँग अनुरोध गरेको थियो ।

यसअघि आइतबार बसेको कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समितिको बैठकमा पनि लकडाउनको अवधि बढाउनेबारे छफलफ भएको थियो ।
शनिबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउनलाई कडाई गर्ने निर्णय गर्दै एक प्रदेश र स्थानीय तहबाट अर्कोमा जान पूर्णरुपमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

सरकारले चैत्र ११ गते एक साताको लागि लकडाउन गरेको थियो । फेरि ८ दिन थपेर भोलि अर्थात चैत्र २५ गते राति १२ बजेसम्म लकडाउनको अवधि बढाएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal