News Portal

  • कोरोनाका थप संक्रमित भेटिएसँगै लकडाउन थप कडाई, एक ठाउँबाट अर्को ठाउँ जान प्रतिबन्ध

    २९२ पटक

    काठमाडौं । कोरोनाका थप तीना संक्रमित भेटिएसँगै सरकारले लकडाउनलाई कडाई गर्ने निर्णय गरेको छ । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनलाई थप कडाई गर्ने निर्णय गरेको हो ।

    कैलालीमा दुई र कञ्चनपुरमा एक कोरोनाका संक्रमित भेटिएसँगै वातावरण त्रसिद भाइरहेको बेला सरकारले एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा हुने आवतजावतमा प्रतिबन्ध लगाएको छ ।

    अर्थ तथ सूचना प्रविधि संचार तथा सूचना प्रविधि मन्त्री डा. युवारज खतिवडाका अनुसार सरकारले कोरोना देखिएका जिल्ला बागलुङ, कैलाली र कञ्चनपुरमा र्यापिड टेष्ट किट प्रयोग गरेर कोरोना परीक्षण गर्ने निर्णयसमेत गरेको छ ।

    खतिवडाले लकडाउनबारे आजको मन्त्रिपरिषद् कुनै निर्णय नगरेको बताउँदै अर्को बैठकले अवस्था हेरेर निर्णय गर्ने जानकारी समेत दिए ।

    सरकारले यसअघि चैत ११ गतेदेखि १८ गते बिहानसम्म लकडाउनको निर्णय गरेको थियो भने त्यसलाई थप ८ दिन बढाउने निर्णय गरेको थियो । उक्त निर्णय दुईदिन पछि सकिँदैछ ।

    प्रतिकृया दिनुहोस्