आज :

चीनद्वारा कोरोनाका बिरामीको उपचारको क्रममा मृत्यु भएका डा. लिलाई सहिद घोषित, विशेष सम्मान

काठमाडौं । कोरोनाभइरसका बिरामीको उपचारको क्रममा मृत्यु भएका चिकित्सकलाई चीनले सहिद घोषणा गरेको छ । कोरोनाभाइरसको उद्गमविन्दु चीनको हुबेई प्रान्तको वुहानमा उपचारको क्रममा डा. ली वेनलियाङको मृत्यु भएको थियो ।

चीनले डा. लीसँगै उपचारमा खटिएर मृत्यु भएका अन्य १२ जनालाई पनि सहिद घोषणा गरेको छ । डा. लीले कोरोनाले महामारीको रुप लिन सक्ने भन्दै चेतावनी दिएका थिए । बिरामीको उपचारमा खटिएका लीको गत फेब्रुअरीमा मृत्यु भएको थियो ।

डा. लीको विश्लेषण सही साबित भएपछि चीनले उनलाई राष्ट्रिय सम्मान लिएको बताइएको छ ।

चीनले डा. लिसहित कोरोनाबाट मृत्यु भएका सबै नागरिकको सम्झानामा आज राष्ट्रिय शोक मनाइरहेको छ । तीन मिनेट मौनधारणसँगै गाडी र डुंगाचालकहरूलाई आफ्नो सवारीको हर्न बजाउन आग्रह गरिएको छ ।

वर्षभरि ज्यान गुमाउनेको सम्झना गरिने चिनियाँ पर्व चिङमिङको अवसर पारेर शोक मनाउन लागिएको हो ।

शोकसभाकै क्रममा चीनभित्र र उसका कूटनीतिक नियोगहरूमा चिनियाँ झन्डा आधा झुकाइने छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal