आज :

कोरोनाविरुद्धको लडाइँमा योगदान गर्नुहोस्ः राष्ट्रपति भण्डारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाभाइरसविरुद्धको लडाइँलाई सफल पार्न योगदान गर्न सबैलाई आग्रह गरेकी छन् । शुक्रबार साँझ देशबासीको नाममा सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले सम्पूर्ण नेपाली नागरिकलाई आआफ्नो ठाउँबाट आवश्यक सतर्कतासहित सुरक्षित रहन आह्वान समेत गरिन् ।

राष्ट्रपति भण्डारीले रोकथाम, नियन्त्रण र उपचारमा सरकारले चालेका कदममा साथ दिन आह्वान समेत गरिन् । संयमताले नै सिङ्गो समाज र राष्ट्रलाई कोरोना भाइरसबाट जोगाउन सकिने भएको बताउँदै भण्डारीले सबैले यस पक्षमा ध्यान दिनु अति आवश्यक रहेको बताइन् ।

सङ्क्रमण फैलिएर परिस्थिति नियन्त्रण बाहिर नजाओस् भनेर नै सरकारले पूरै देशमा लकडाउन गरेको भन्दै राष्ट्रपति भण्डारीले सतर्कता अपनाइएन भने संक्रमण फैलन सक्ने भएकाले सबैलाई आफ्नो स्वास्थ्यमा आवश्यक ध्यान दिन आग्रह गरेकी हुन् ।

लकडाउनले दैनिक जीवनमा केही अप्ठ्यारा सिर्जना भएपनि आफ्नो मात्र नभई आफ्नो परिवार, छरछिमेक र समग्र समुदायको स्वास्थ्य र अमूल्य जीवन जोगाउन यस बेलामा संयमित भएर घर बाहिर ननिस्कन राष्ट्रपति भण्डारीले आह्वान गरिन । उनले घरमा बसेर सामाजिक दूरी कायम गरेमा यो रोगको रोकथाम गर्न सहज हुने बताउँदै लकडाउनको पालना गर्न अपील समेत गरेकी छन् ।

साथै कोरोना भाइरसविरुद्ध जुध्न विभिन्न अन्तरराष्ट्रिय सङ्घसंस्थाबाट प्राप्त सहयोग र सहयोगको प्रस्तावका लागि सम्बद्ध पक्षलाई उनले धन्यवाद दिइन ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal