आज :

सान्‍नी त्रिवेणी गाउँपालिकाद्वारा चैते दशैंमा बिपन्‍नलाई चामल-तेल बितरण

कालिकोट । जिल्लाको सान्‍नी त्रिवेणी गाउँपालिकाले चैते दशैंको अबसरमा चामल बितरण गरेको छ । चमल नभएर दशैं मनाउन समस्या भएका १ सय ६० घरधुरीलाई चामल बितरण गर्न लागिएको गाउँपालिका अध्यक्ष डम्बरबहादुर शाहीले जानकारी दिए ।

कोरोनाभाइरसको रोकथाम तथा नियन्त्रणको कामसँगै चैते दश‍ैं मनाउन समस्या भएका बिपन्‍न परिवारलाई (आज) बुधबार चामल बितरण सुरु गरिएको छ ।

आज वडा नम्बर १ का अध्यक्षले भरत बिकले बितरण गरेका छन् भने बाँकी वडाहरुमा भोलि बाड्‍ने तयारी भइरहेको अध्यक्ष शाहीले जानकारी दिए । ”घरमा चामल नभएकै कारण चैते दशैं खल्लो नहोस् भनेर हामीले सबै वडाका अति बिपन्‍न तथा घरमा चामल नभएका घरपरिवारलाई एक बोरा चामल र एक पोका तेल बितरण गर्न लागेका छौं” अध्यक्ष शाहीले अनलाइन डबलीसँग भने ।

सबै वडामा बाड्‍ने चामल र तेल पुगिसकेको जानकारी गराउँदै अध्यक्षले शाहीले भोलि दिउँसोसम्म सबैलाई बाडिसक्ने बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal