News Portal

  • लकडाउनको सातौं दिनः काठमाडौंमा एक महिलाद्वारा आत्महत्या

    १५१९ पटक

    काठमाडौँ । लकडाउनका सातौं दिन काठमाडौंमा एक महिलाद्वारा आत्महत्या गरेकी छन् । काठमाडौँ महानगरपालिका-१० बुद्धनगरमा रहेको आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेकी छन् ।

    आफ्नै घरको कौसीमा झुण्डिएको अवस्थामा छिमेकीले देखेपछि प्रहरीलाई खबर गरेका थिए । अहिले प्रहरी घटनास्थलमा पुगिसेको छ ।

    छिमेकीका अनुसार घरमा उनी एक्लै बस्दै आएकी थिइन् । अन्दाजी ४५ वर्षकी ती महिलाले  सोमबार दिउँसो घरको कौसीमा डोरीले घाटीमा बाँधेर झुण्डिएको अवस्थामा छिमेकीले देखेका थिए ।

    आत्‍महत्या गर्नुको कारण थाहा हुन सकेको छैन । प्रहरीले अनुसन्धान थालेको छ ।

     

     

    प्रतिकृया दिनुहोस्