आज :

कोरोना अपडेटः मृतकको संख्या ३४ हजार नाघ्यो, संक्रमितको संख्या साढे ७ लाख नजिक

काठमाडौँ । विश्वमा महामारीको रुप लिएको कोरोनाभाइरस नियन्त्रण हुनुको साटो तीब्र रुपमा फैलिरहेको छ । यूरोप केन्द्र बनाएको कोरोनाबाट यो समाचार तयार पार्दासम्म मृत्यु हुनेको संख्या ३४ हजार पुगेका छ ।

त्यसैगरी संक्रमितको संख्या पनि हिजोभन्दा झनै बढेको छ । साढे ७ लाख नजिक संक्रमित संख्या पुगेको छ । सबैभन्दा बढी संक्रमित अमेरिकामा नै छन् । त्यहाँ साढे एक लाख संक्रमित छन् । अमेरिकामा मृत्यु हुनेको संख्या २४ सय ८९ पुगेको छ ।

सबैभन्दा बढी मृत्यु हुनेमा इटली नै पहिलो नम्बरमा छ । त्यहाँ १० हजार ७७९ जनाले कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाइसकेका छन् भने ९७ हजार ६ सय ८९ जना संक्रमित छन् ।

त्यसैगरी मृत्यु हुनेको दोस्रो स्पेन रहेको छ । त्यहाँ ६ हजार ८ सय ३ जना नागरिकको ज्यान गईसकेको छ भने ८० हजार ११० जना संक्रमित छन् । यतिमा १४ हजारलाई मात्र सन्चो भएको छ । चीनमा पनि केही नयाँ केस थपिएका छन् । चीनमा अहिलेसम्म ३ हजार ३०४ जनाले ज्यान गुमाएका छन् । ८१ हजार ४ सय ७० जना संक्रमितमा ७५ हजार ७ सय जनालाई सन्चो भइसकेको छ ।

त्यसैगरी इरानभन्दा फ्रान्त अगाडि आएको छ । अहिलेसम्म फ्रान्समा २ हजार ६०६ जनाको मृत्यु भइसकेको छ भने अफै ४० हजार १७५ जना संक्रमित छन् । त्यसपछि इरान छ, त्यहाँ अहिलेसम्म २ हजार ६ सय ४० जनाको ज्यान गईसकेको छ । यो विवरणअनुसार इरानले पछिल्लो पटक निकै नियन्त्रण गरेको छ । सुरुमा निकै गतिमा फैलिरहेको कोरोना अहिले पनि नियन्त्रणमा आएको बताइएको छ ।

त्यस्तै बेलायतमा १ हजार २ सय २८ जनाको ज्यान गइसकेको छ भने १९ हजार ५२२ जना संक्रमित छन् । जर्मनीमा ५ सय ४१ जनाको ज्यान गईसकेको छ भने ६२ हजार ४ सय ३५ जना संक्रमित छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal