आज :

लकडाउनको दोस्रो दिनः अटेर गरेर घर बाहिर निस्के ६ महिना जेल

काठमाडौँ । कोरोनाभाइरसलाई मध्यनजर गरेर सरकारले जारी गरेको लकडाउनको आज दोस्रो दिन । पहिलो दिन विहान प्रभाव निकै परेपनि दिउँसो बिस्तारै केही मानिसहरु सडकमा निस्केका थिए । प्रहरीले घर फर्कन भनेपनि केहीले अटेर गरेका थिए ।

प्रहरीले माइकिङ गरेर जानकारी गराएपनि केही व्यक्तिहरु मास्क नलगाई हिडेका देखिन्थे । सवारी साधान पनि केही मोटरसाइलक सडकमा देखिएका थिए । लकडाउन हेर्न भन्दै केही व्यक्ति बेफिक्री हिँडिरहेका थिए ।
दोस्रो दिन विहान सदाझैं विहानै केही व्यक्ति मर्निङ वाकमा निस्केका थिए ।

आज प्रहरीले कडा रुपमा कार्यान्वयन गर्ने तयारी गरेको छ । लकडाउन उलंघन गरे ६ महिनासम्म जेल सजाय हुने कानुनी प्रावधान छ । पहिलो दिन भएकोले हिजो केहीलाई सम्झाएर पठाएपनि आज भने कडा हुने जिल्ला प्रशासन कार्यालय काठमाडौँले बताएको छ ।

अत्यावश्यक वस्तुहरुको ढुवानी तथा वितरणमा कुनै समस्या नहुने बताइएको छ । खाद्यान्न, तरकारी, दुध, पानी, ग्याँस, औषधीलगायत अत्यावश्यक सेवा वा वस्तुको प्रवाहमा कुनै कमी नहुने तर उनीहरुले पनि सुरक्षाका उपाय र सतर्कता अपनाउन प्रशासनले जनाएको छ । पसलहरु निश्चित समयसम्म मात्रै खोल्न पाइने प्रशासनले यसअघि नै बताइसकेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal