आज :

चीनले भन्यो- कोरोनासँग लड्न नेपाललाई साथ दिन्छौं, चिन्ता नलिनुस्

काठमाडौँ । चीनले कोरोनाभइरससँग लड्न नेपालको साथमा रहेको बताएको छ । लकडाउनको पहिलो दिन मंगलबार नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले नेपाललाई सहयोग गर्ने तयारी भइरहेको समेत बताएकी छन् ।

यान्छीले सामाजिक संजालमार्फत स्वास्थ्य सामाग्री सहयोग गर्ने तयारी भइरहेको बताइन् । उनले नेपालको लागि चीनले प्रार्थना गरिरहेको समेत बतइन् ।

“हामी नेपालका लागि प्रार्थना गर्दैछौँ । हाम्रा नेपाली साथीहरूलाई सहयोग र्पुयाउन चिकित्सा सामग्रीहरू ककेसम्म मिलाउँदै छौँ । हामी साथमा छौँ !” यान्छीले ट्यूटरमा भनेकी छन् ।

कोरोनासँगको लडाइँमा सफल भएको चीनको आश्वासनले नेपाली जनतालाई राहतको महशुस भएको छ ।

यसअघि चिनियाँ राजदूत यान्छीले नेपाललाई मास्क आवश्यक भएको भए सहयोग गर्न चीन तयार रहेको समेत बताएकी थिइन् ।
यसअघि पनि नेपाललाई सहयोगका लागि तयार रहेको जनाएको चीनले सोमबार पुनः वचन दोहोर्याएको हो । चीनले नेपाललाई भूकम्प र नाकाबन्दीको बेलामा पनि सहयोग गरेको थियो ।

चीनमा कोरोनाको महामारी फैलिरहेको बेला नेपालले चीनलाई एक लाख थान मेडिकल मास्क सहयोग गरेको थियो भने नागरिकस्तरबाट साथ रहेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal