काठमाडौं । नेपालमा पनि कोरोनाभाइरस संक्रमित एकजना भेटिएका छन् । अलिहेसम्म कोरोना संक्रमित नभेटएको सूचीबट नेपाल हटेको छ । फ्रान्सबट काठमाडौँ आएकी एक नेपाली युवतीमा कोरोना संक्रमण भएको पुष्टी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सोमबार आकस्मिक पत्रकार सम्मेलनको आयोजना गरेर स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोनाका एका संक्रमित भेटिएको बताए । ढकालका अनुसार ती व्यक्ति ४ गते कतारको दोहा हुँदै चैत ४ गते नेपाल आएका थिए । त्यसबेला उनीमा कोरोनाको कुनै लक्षण देखिएको थिएन र होम क्वारेन्टाइनमा बसेका थिए ।
हिजो परीक्षणका क्रममा कोरोना संक्रमण भएको पुष्टि भएपछि उनको अहिले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा उपचार भइरहेको छ ।
यसअघि चीनबाट आएका एक जना नेपालीको स्वास्थ्य परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । तर, उनी उपचारपछि निको भएर घर फर्किसकेका थिए ।
बेलायतमा पनि एक नेपाली कोरोनाबाट संक्रमित भएकी छन् । उनको उपचार भइरहेको छ ।