आज :

कोरोनाविरुद्ध मास्क-सेनिटाइजर बितरणको तयारीमा रहेका विप्लवका दाजु जयन्द्र गिरफ्तर

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवका दाजु जयन्द्रबहादुर चन्दलाई प्रहरीले गिरफ्तार गरेको छ । चन्दसहित चारजनालाई प्रहरले ललितपुरबाट गिरफ्तार गरेको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

नेपाल गणतान्त्रिक खेलकुद महासंघका केन्द्रीय अध्यक्ष समेत रहेका चन्दलाई कोरोनाभाइरसबाट पार्न प्रभाव र रोकथामको लागि अभियान चलाउन बैठक बसिरहेको बेला प्रहरीले गिरफ्तार गरेको हो । कोरोनाभाइरसको कारण बन्द गरिएका खेलहरु र पूर्वतयारी तथा सेवामा खट्नेबारे छलफल भइरहेको बेला प्रहरीले चारैजनालाई गिरफ्तार गरेको बताइएको छ ।

प्रहरीले चन्दसँगै महासंघका महासचिव विनोद चन्द ठकुरी, केन्द्रीय सदस्य प्रेम केसी र कमल आरसीलाई पनि गिरफ्तार गरेको छ । गिरफ्तार गरिएका चारै जनालाई ललितपुरस्थित जावलाखेल प्रहरी परिसरमा राखिएको छ ।

विप्लवका दाजु भएपनि लामो समयदेखि बिरामी रहेका चन्द खेलकुद बाहेक अन्य कुनै गतिविधिमा संलग्न नभएको बताइएको छ । कोरोनाभाइरस हुने सम्भावित संक्रमण र त्यसको रोकथामको लागि खेलाडीहरुले कसरी भूमिका निर्वाह गर्ने भन्ने छलफल हुँदै गर्दा गरिफ्तार गरिएको भन्दै विरोध भइरहेको छ ।

बैठकपछि मास्क र सेनिटाइजरको जोहो गरेर सम्भावित क्षेत्रका नागरिकलाई वितरण गर्ने योजनाअनुसार उपलब्धहरुको बैठक बसिरहेको बेला गिरफ्तार गरिएको महासंघले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal