आज :

आज राति १२ बजेबाट कञ्‍चनपुरमा ‘लकडाउन’ : घर बाहिर निस्के कारवाही, गड्‍डाचौकी नाका खुला

भीमदत्तनगर । स्थानीय प्रशासनले आज रातिदेखि कञ्‍चनपुर जिल्ला लकडाउन गरेको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आइतबार राति १२ बजेदेखि घरबाहिर निस्कन नपाउने गरी प्रतिबन्ध लगाएको छ ।

कोरोनाभाइरसको सम्भावित संक्रमणलाई ध्यानमा राखेर पूरै जिल्लामा प्रतिबन्ध लगाउने जिल्ला प्रशासन कार्यालयले आइतबार दिउँसो निर्णय गरेको हो । प्रशासनले सम्पूर्ण  जिल्लाबासीलाई आकस्मिक उपचारबाहेक अन्य कामका लागि घरबाहिर ननिस्कन भनेको छ ।

भारतबाट नेपाल फर्किनेको चाँप बढेसँगै जिल्लामा कोरोना संक्रमण हुने त्रास फैलिएको थियो । खाद्यान्न, दूध, औषधि, पानी, पेट्रोलियम पदार्थ र उद्धार तथा राहतको काममा संलग्न यातायातबाहेक सबै प्रकारका पसल, ब्यवसाय, उद्योग, कलकारखाना बन्द गराउन पनि प्रशासनले आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले संचारमाध्यमहरुसँग यो कर्फ्युजस्तै भएको बताए । उनले कर्फ्यु शब्द प्रयोग गर्दा त्रास फैलिन भएकोले नभनिएको समेत बताए ।

प्रशासनले सुदूरपश्चिमको मुख्या नाका गड्‍डाचौकी भने खुला राखेको छ । भारतबाट नेपाल फर्किनेको चाँप बढेकोले तत्काल बन्द नगर्ने बताए । आज बसेको भीमदत्त नगरपालिका, जिल्ला प्रशासन कार्यालय र सुरक्षा अधिकारीहरूको बैठकले गड्डाचौकी नाका मंगलबारबाट बन्द गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal