आज :

कोरोना कहरः पत्रकारलाई टेलिफोन, इन्टरनेटमा छुट दिन महासंघ आग्रह

काठमाडौ । नेपाल पत्रकार महासंघले संचारकर्मीलाई टेलिफोन, इन्टरनेट र विद्युतमा छुट दिन आग्रह गरेको छ । काम घरबाटै गर्ने र संचारमाध्यमहरुले धेरै समय काम गर्नु परेकोले संचारकर्मी र संचारमाध्यमलाई टेलिफोन, इन्टरनेट र विद्युतमा सहुलियत दिन सरकारसँग माग गर्ने निर्णय गरेको छ ।

कोरोना भाइरसको जोमिखलाई ध्यान दिँदै महासंघले केन्द्रीय समितिको बैठक बसेर सञ्चारकर्मीका लागि सुरक्षित वातावरण तयार पार्न, समयमै पारिश्रमिक प्रदान गर्न तथा निवासबाट कामकाजको व्यवस्था मिलाउन सञ्चार प्रतिष्ठानलाई आग्रह गर्ने निर्णय गरेको महासंघका महासचिव रमेश विष्टले जानकारी दिए।

त्यसैगरी महासंघले सञ्चारकर्मीलाई कार्यालय आवतजावत गर्न सवारी साधनको व्यवस्था मिलाउन सञ्चार गृहलाई आग्रह गरेको छ ।

बैठकले कोरोना भाइरसको संक्रमणबाट बच्न संयमतापूर्वक सत्य, तथ्य र सचेतनामूलक सामग्री प्रकाशन प्रसारण गर्न आमसञ्चार माध्यमलाई आग्रह गरेको छ।यसैगरी बैठकले नेपालमा सो भाइरसको संक्रमण फैलन नदिन अपनाउनुपर्ने सावधानिबारे सञ्चार क्षेत्रको उत्तरदायित्वका सम्बन्धमा महासंघका तर्फबाट आवश्यक भूमिका निर्वाह गर्ने निर्णय गरेको छ।

यसका लागि महासंघका तर्फबाट सञ्चारमाध्यम र पत्रकारको दायित्वका सम्बन्धमा सामग्री तयार गर्ने, सुरक्षित रही सत्यतथ्य सूचना प्रवाह वातावरण निर्माण गर्न पहल गर्ने तथा गलत र भ्रमपूर्ण प्रचार हुन नदिन एक अनुगमन समिति समेत बैठकले गठन गर्ने निर्णय गरेको छ। सो समितिमा अध्यक्ष गोविन्द आचार्य, उपाध्यक्ष विपुल पोखरेल, दिलीप थापा र महासचिव रमेश विष्ट रहेका छन्।

बैठकले कोरोना भाइरसको संक्रमणको जोखिमबाट बच्ने उपायसम्बन्धी सचेतनामूलक सामग्री प्रकाशन प्रसारण गर्न आमसञ्चार माध्यमलाई आग्रह गर्ने निर्णय केन्द्रीय सदस्य जन्मदेव जैसीले जानकारी दिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal