काठमाडौं । कर्णाली प्रदेश सरकारले दश दिनभित्र प्रदेशबासीलाई घर फर्किन अनुरोध गरेको छ । आजदेखि लागु हुने गरी प्रदेश सरकारले भारतलगायत विदेशमा रहेका कर्णालीबासीलाई घर फर्किन अनुरोध गरेको हो ।
प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीका अनुसार घर फर्किनेहरुले अनिवार्य रुपमा १४ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने छ । प्रदेशमा फर्किनेहरुले अनिवार्य रुपमा ब्यक्तगत सुरक्षाको लागि प्रदेश सरकारले क्वारेन्टाइनमा बस्ने ब्यवस्था गरेको छ ।
त्यसैगरी राति १० बजेदेखि बिहान ५ बजेसम्म तोकिएका वाहेक अन्य निजि तथा भाडाका सवारी साधन कर्णाली प्रदेसभित्र चलाउन प्रदेश सरकारले प्रतिबन्ध लगाएको छ ।
सम्भावित कोरोना भाइरसको संक्रमणलाई ख्याल गरेर प्रदेश सरकार क्वारेन्टाइन निर्माणसँगै आवश्यक व्यवस्था मिलाउन युद्धस्तरमा काम गरिहेको मन्त्री भण्डारीले अनलाइन डबलीसँग बताए ।