काठमाडौं । कोरोनाले विश्वभर आतंक मच्चाइरहेको बेला सरकारले सरकारी कार्यालय बन्द गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीलाई सम्बोधन गर्दै चैत ९ देखि २१ गतेसम्म अत्यावश्यक सेवा प्रदान गर्नेबाहेक सबै कार्यालय बन्द गर्ने घोषणा गरेका छन् ।
प्रधानमन्त्री ओलीले शुक्रबार गरेको सम्बोधनमा संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक र निजी संस्थाबाट प्रदान गरिने अत्यावश्यकबाहेक सबै सेवा बन्द गर्न आग्रह गरेका छन् ।
त्यसैगरी ९ देखि १८ गतेसम्म सबै हवाई उडान स्थगित गर्ने ओलीले घोषणा समेत गरेका छन् । चैत १० देखी २१ सम्म लामो दुरीका यातायातका साधन बन्द गरिएको छ ।
संघीय, प्रदेश र स्थानिय तहबाट प्रवाह गरिने अत्यावश्यक (राजपत्र)मा प्रकाशित सेवा भने खुला नै हुनेछन् ।
त्यस्तै सरकारले सीमा नाकाबाट आउनेहरुको अनिवार्य स्वास्थ्य जाँचको व्यवस्था गरेको प्रधानमन्त्री ओलीले जानकारी दिए ।