आज :

कोरोनाः घर बाहिर ननिस्कन सबैलाई सरकारको आह्वान, मन्दिरदेखि हल बन्द

काठमाडौं । कोरोनभाइरस भुसको आगोझैं विश्वभर फैलिरहेको बेला नेपाल सरकारले पनि अत्यावश्यक कामबाहेकको अवस्थामा घर बाहिर ननिस्कन आम नागरिकलाई आह्वान गरेको छ ।

‘कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति’ को बैठकले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन र हिँडडुल नगर्न समेत भनेको छ । सरकारले मन्दिर, पार्टी प्यालेस, गुम्बा, मस्जिद, चर्चजस्ता धार्मिक र सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन बन्द गर्ने निर्णय पनि गरेको छ । यो बन्द नै गरेजस्तै भएको बताइएको छ ।

त्यसैगरी होटल र बसलाई संक्रमणरहित बनाउनुपर्ने, क्षमताभन्दा बढी यात्रु बोक्न निषेध गरिएको छ । सार्वजनिक यातायातमा पनि सिट क्षमता भन्दा बढी यात्रु नबोक्न सरकारले आग्रह गरेको छ ।

समितिको बैठकले मानिसहरुको जमघट हुने सार्वजनिम महत्वको स्थलहरुमा स्थानीय तहहरुले दैनिक रुपमा सरसफाइ र डिसइन्फेक्सन गर्नुपर्ने पनि निर्णय गरेको छ ।

सरकारले ५५ देशबाट कुनै पनि नागरिकलाई नेपाल प्रवेशमा रोक लगएको छ । बुधबारको बैठकले युरोपका सबै मुलुक, पश्चिम एसियालगायत खाडी क्षेत्रका मुलुक, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया र जापानबाट आउने र ती मुलुकलाई ट्रान्जिट बनाएर आउने सबै मुलुकका यात्रुलाई नेपाल आउन रोक लगाएको छ ।

त्यस्तै सरकारले चैत मशान्तसम्म विद्यालय र कलेज बन्द गर्ने निर्णय समेत गरेको छ । बाल विकास केन्द्र तथा आधारभूत विद्यालय पनि बन्द गर्ने निर्णय भएको छ । आजबाट हुने एसईई समेत स्थगित गरिएको छ । सरकरले बुधबार साँझ कक्षा ११ र १२, स्नातक, स्नातकोत्तर लगायतका परिक्षा पनि स्थगित गर्ने निर्णय गरेको छ ।

बैठकले ३० अप्रिलसम्म सिनेमा हल, खेलस्थल, जिम, डान्स बार तथा क्लब लगायतलाई बन्द गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal