आज :

कोरोना महामारीः बेलायतमा ज्यान गुमाउनेको संख्या दोब्बरले बढ्‍यो

काठमाडौं । युरोपपलाई केन्द्र बनाएको कोरोना भाइरसबाट बेलायतमा थप १० जनाको ज्यान गएको छ । यो पछिल्लो २४ घण्टाको तथ्यांक हो । यो संख्या दोब्बर  भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् । यो संख्यासँगै बेलायतमा ज्यान गुमाउनेको संख्या २१ पुगेको छ ।

त्यसैगरी ११ सय ४० जनामा कोरोना सङ्क्रमणकाे पुष्टि भएको बेलायत सरकारले बताएको छ । यसैबीच बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कोरोना नियन्त्रणका लागि राष्ट्रिय प्रयासमा भाग लिन स्वास्थ्यलगायत सबै क्षेत्रसँग आग्रह गरेका छन् ।

बेलायतमा महामारीको रुप लिएपछि अमेरिकाले यात्रामा प्रतिबन्ध लगाएको छ । यसअघि बेलायत र आयरल्याण्ड बाहेक यूरोप यात्रामा अमेरिकाले प्रतिबन्ध लगाइसकेको थियो । राष्ट्रव्यापी संकटकाल घोषणा गरेसँगै अमेरिकाले थप प्रतिबन्ध लगाएको हो ।  लाई पनि यात्रामा प्रतिबन्ध लगाएको छ । अमेरिकाले यसअघि बेलायत बाहेक युरोपका सबै देशमाथि यात्रामा प्रतिबन्ध लगाएको थियो ।

युरोपेली सङ्घका दुई ठूला देश फ्रान्स र स्पेनले पनि कोरोनाको प्रकोप सामना गर्न आपतकालिन प्रतिबन्ध लगाएका छन् । इटालीले देशभर यात्रामा प्रतिबन्ध लगाउँदै खाद्यान्न र औषधि पसल बाहेकका सबै व्यवसाय बन्द गरिसकेको छ ।

न्युजिल्याण्डले पनि यात्रामा कडाइ गर्दै देश भित्रिएकालाई क्वारेण्टाइनमा बस्न भनेकाे छ । युरोपका इटाली, स्पेन, जर्मनी, फ्रान्स, स्विजरल्याण्ड, नर्वे लगायतका देशमा सङ्क्रमण र ज्यान जानेको संख्या बढीरहेको छ ।

कोरोना भाइरस अहिलेसम्म विश्वका १५१ देशमा फैलिसकेको छ । अहिलेसम्म १ लाख ५६ हजार ४५६ जनामा काेराेनाकाे सङ्क्रमण भएकाे पुष्टि भएको छ ।

पछिल्लो अपडेटअनुसार काेरानाकाे कारण विश्वभर ५ हजार ८ सय २१ जनाको ज्यान गइसकेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal