आज :

ट्रम्पले गरे राष्ट्रिय संकटकाल घोषणा, ‘आफैले बनाएको कोरोना भाइरसले आफैलाई खानेभो’

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रिय आपतिकाल घोषणा गरेका छन् । कोरोना भाइरसबाट ४० जनाको मृत्यु भएसँगै ट्रम्पले राष्ट्रव्यापी आपतकाल घोषणा गरेका हुन् ।

ट्रम्पले कोरानाको प्रकोप नियन्त्रणमा सहयोग पुर्याउन राष्ट्रिय आपतकाल घोषणा गरेको बताएका छन् । राष्ट्रिय आपतकाल निकै ठूला शब्द भएको भन्दै संघीय सरकारले आपतकालीन राहत कोषमा ५० विलियन डलरसम्म सहयोग गर्न सक्ने बताए । उनले यस घोषणाले संक्रमणको परीक्षणले गति दिन सक्ने विश्वास समेत दिएको बताए ।

सुरुमा चीनले कोरोना नियन्त्रण गर्न नसकेको भन्दै आलोचना गर्दै आएका राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसबाट आपतकालीन अबस्थाको घोषणा गर्दै आगामी आठ हप्ता महत्वपूर्ण रहेको बताए । संयुक्त राज्य अमेरिकाका विभिन्न राज्यमा गरी करिब १८ सय व्यक्तिहरु कोरोनाबाट संक्रमित भएका छन् । ट्रम्प प्रशासन कोरोना भाइरस परीक्षण गर्न असफल भएको भन्दै चौतर्फी आलोचना भइरहेको बेला यो घोषणा गरिएको छ ।

स्वास्थ्य सेवा प्रदायकहरूलाई आपतकालीन तयारी योजनाहरू सक्रिय गर्न घोषणामा भनिएको छ । ५ लाखसम्म थप कोरोनाभाइरस परीक्षणहरू अर्को हप्ताको सुरूमा उपलब्ध बताइएको छ ।

ट्रम्पले यसअघि पनि धेरै राष्ट्रिय आपतकाल घोषणा गरिसकेका छन् । तर महामारीविरुद्ध लड्ने यो आदेश भने स्वाइन फ्लूविरुद्ध बाराक ओबामाले घोषणा गरेको आपतकाल पछिको पहिलो हो ।

धेरै राज्यहरूले संक्रमण रोक्न ठूला जमघटमा प्रतिबन्ध, खेलकुद प्रतियोगिता र शिक्षण संस्था बन्द गर्ने लगायतका निर्णयहरु ट्रम्पले गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।

चीनले आफूलाई कोरोनामुक्त घोषणा गरेको २४ घण्टापछि अमेरिकाले आपतकाल घोषणा गरेको छ । शुक्रबार मात्रै चिनियाँ अधिकारीहरुले अमेरिकी सेनाले वुहानमा कोरोना भाइरस पुर्याएको आरोप लगाएका थिए ।

अमेरिकाको घोषणासँगै सामाजिक संजालमा आफैले बनाएको भाइरले अमेरिकालाई खाने भयो भनेका छन् । उनीहरुले चीनले गरेको दाबी साँचो भो भने अमेरिकाले अरुविरुद्ध तयार गरेको भाइरसबाट सकिने दाबी समेत गरेका छन् । फेसबुकमा विनोद बिकले भनेका छन्, “चीनविरुद्ध तयार गरेको भाइरसले अमेरिका आफैलाई खाने भयो, चीनले कोरोना नियन्त्रण गर्न सकेन भन्दै खुशी बनाएका थियौँ, अहिले आफूलाई कस्तो भयो ?”

कोरोना नियन्त्रण गर्न असफल भएको इटलीमा पछिल्लो चौबिस घण्टामा थप २ सय ५० जनाको मृत्यु भएको छ । अहिलेसम्म १२ सय ६६ जनाले ज्यान गुमाएका छन् भने १७ हजार ६६० जनामा संक्रमण देखिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal