आज :

कोरोना मुक्त घोषणापछि चीनले भन्‍यो-अमेरिकी सेनाले वुहानमा भाइरस ल्याएका हुन्

काठमाडौं । चीनले अमेरिकी सेनाले कोरोना भाइरस वुहान ल्याएको दाबी गरेको छ । चीनको विदेश मन्त्रालयका प्रबक्ता जाओ लिजियानले अमेरिकी सेनाले हुबेईको वुहानमा कोरोना भाइरस भित्र्याएको बताएका हुन् ।

आफ्नो देश कोरोना भाइरसबाट मुक्त भएको घोषणा गरेको २४ घण्टा बित्न नपाउँदै चाओले उनले शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमार्फत् अमेरिकी सेनाले हुबेईको वुहानमा कोरोना भाइरस भित्र्याएको दाबी गरे । उनले यसअघिको आफ्नो बुझाइलाई परिवर्तन भएको समेत चाओले बताए ।

वुहानमा गत अक्टोबरमा आयोजना गरिएको इन्टरनेशनल मिलिटरी वर्ल्ड गेम्समा अमेरिकी सेनाले पनि भाग लिएको थियो । उक्त प्रतियोगितामा भाग लिन आएका अमेरिकी सेनाले कोरोना भाइरस ल्याएको चीनको दाबी छ ।

चाओले ट्वीटरमा चेतावनीको भाषा अमेरिकाले यस विषयमा पारदर्शीता देखाउँदै सबै विवरण दिनुपर्ने  बताएका छन् ।

कोरोना भाइरसलाई रासायनिक प्रयोगकशालामा जैविक हतियारको रुपमा प्रयोग गर्न बनाइएको यसअघि पनि चर्चा र बहस भएको थियो । सुरुमा वैज्ञानिकहरुको हल्ला निराधार भएको बताएका थिए तर चीनले औपचारिक रुपमा नै अमेरिकी सेनाले भाइरस ल्याएको बताएको छ ।

कोरोना फैलिएपछि अमेरिका र उसका सहयोगी देशहरुले चीनविरुद्ध संचारमाध्यममार्फत विभिन्‍न अफवाहा फैलाएका थिए तर अहिले आफूले नियन्त्रण गर्न सकेको छैन ।

चीनले नियन्त्रण गरेपनि विश्वका १ सय २७ देशमा कोरोना फैलिसकेको छ ।

दक्षिण अफ्रिकाका लागि चिनियाँ राजदूतले पनि केही दिनअघि कोरोना भाइरस चीनबाटै उत्पत्ति भएको नहुनसक्ने सम्भावना व्यक्त गरेका थिए । उनले कोरोना भाइरस चीनमा पहिलो पटक देखियो भन्नुको अर्थ यो चीनबाटै उत्पत्ति भएको भन्ने होइन भनेका थिए ।

चीनले कोरोना भाइरस कसरी नियन्त्रण गर्न सकिन्छ भनेर किताब प्रकाशित समेत गरेको छ । ‘अ ब्याटल अगेन्स्ट एपिडेमिकः चाइना कम्ब्याटिङ कोभिड–१९ इन २०२०’ नामको उक्त किताब थुप्रै भाषामा प्रकाशित छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal