आज :

यी दुई फुटबल खेलाडी कोरोनाबाट संक्रमित, समर्थक चिन्‍तित

काठमाडौं । विश्‍वभर महामारीको रुप लिइरहेको कोरोना भाइरसबाट दुईजना फुटबल खेलाडी संक्रमित भएका छन् । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार इटालियन महारथी युभेन्ट्सका रक्षक ड्यानियल रुगानी र जर्मन दोस्रो डिभिजन क्लब हानोभर ९६ का रक्षक टिमो हुवर्सलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको हो । स्वास्थ्य परिक्षणबाट यी दुवै खेलाडीलाई कोरोना भएको क्लबले पुष्टि गरेका छन् ।

अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार २५ वर्षीय ड्यानियलको स्वास्थ्यमा समस्या देखिएपछि तत्काल परीक्षण गरिएको थियो । परीक्षणका क्रममा उनमा कोरोनाको संक्रमण पत्ता लागेको थियो । ड्यानियल बुधबार पनि टोलीको प्रशिक्षणमा सामेल थिए । यस घटनापछि युभेन्ट्सले टोलीका अन्य खेलाडी र कर्मचारीको पनि स्वास्थ्य परीक्षण गर्ने तयारी गरेको छ ।

यसैगरी हानोभरका २३ वर्षीय टिमोलाई गत शनिबारनै कोरोना भएको क्लबले पुष्टि गरेको छ । हानोभर बुन्डेस लिगको दोस्रो डिभिजन क्लब हो । टिमेलाई कोरोनाको संक्रमणको शंका लागेपछि तत्काल अस्पताल लगिएको थियो ।  उनीहरुको स्वास्थ्य अवस्थामा विस्तारै सुधार आएको जनाइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal