आज :

आफ्नै मैदानमा लिभरपुललाई पाखा लगाउँदै मड्रिड क्वाटरफाइलनमा 

काठमाडौं । लिभरपुललाई पाखा लगाउँदै एथ्लेटिको मड्रिड युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा पुगेको छ ।

समाचार एजेन्सीहरुका अनुसार गएराति लिभरपुलको मैदानमा भएको राउण्ड अफ सिक्सटिनअन्तर्गत दोस्रो लेगको खेलमा एथ्लेटिको अतिरिक्त समयमा विजयी भयो ।

स्पेनमा भएको पहिलो लेगको खेलमा एथ्लेटिको १–० ले विजयी भएको थियो । बुधबार दोस्रो लेगको निर्धारित ९० मिनेटसम्म लिभरपुल १–० ले विजयी भएपछि एग्रिगेटमा खेल १–१ गोलको बराबरीमा पुग्यो । यसपछि थपिएको समयमा लिभरपुलले १ गोल गर्दा एथ्लेटिकोले ३ गोल गर्‍यो ।

भ्रमणकारी टोलीका लागि मार्कस लोरेन्तेले दुई तथा अल्भारो मोराटाले एक गोल गरे । पराजित टोली लिभरपुलका लागि भने जर्जीनियो वहाल्दम र रोबर्टो फर्मीनोले एक एक गोल गरेका थिए ।

अतिरिक्त समयको खेलपछि समग्रमा ४–२ को जित निकाल्लै एथ्लेटिको विजयी हुँदा साविक विजेता लिरभपुलको यात्रा रोकियो । बुधबारराती भएको अर्को खेलमा जर्मनीको बोरुसीया डर्टमण्डलाई २–० ले हराउँदे फ्रान्सको पेरिस सेन्ट जर्मेन (पिएसजी) पनि क्वाटरफाईनलमा पुगेको छ ।

पहिलो लेगमा डर्टमण्डसँग भोगेको २–१ को हार उल्टाउँदै पिएसजी समग्रमा ३–२ को जित निकाल्दै अन्तिम आठमा पुगेको हो । फ्रान्समा कोरोना संक्रमणको त्रास बढेपछि यो खेल दर्शकविना खाली रंगशालामा खेलाईएको थियो ।

च्याम्पियन्स लिग फुटबलमा जर्मनीको आर.बी लेप्जीग र इटालीको एटलान्टा पनि च्याम्पियन्स लिग फुटबलको क्वाटरफाईनलमा प्रवेश गरिसकेका छन् । क्वाटरफाईनल पुग्ने बाँकी ४ वटा टोलीहरुको टुंगो अर्को साता लाग्नेछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal