आज :

बारपाकबाट छुटेको जीप दुर्घटना हुँदा १० जना घाइते

गोरखा । जिल्लामा जीप दुर्घटना हुँदा चालकसहित १० जना घाइते भएका छन् । गोरखाको बारपाक बारपाक सोलिकोट गाउँपलिका–४, सौरपानीबाट गोरखाबजारतर्फ आइरहेको जीप मंगलबार विहान दुर्घटना भएको हो । बा १५ च १०१६ नम्बरको जिप ७ः१० बजे केउरामा दुर्घटना भएको स्थानीयले बताएका छन् ।

गोरखा प्रहरीका अनुसार दुर्घटनामा परी विमला गुरुङ, रमा गुरुङ, बुद्धबहादुर गुरुङ, श्रीमान् गुरुड, क्षेत्रकुमारी गुरुङ, टेकमाया गुरुङ र उनकी ६ वर्षीया छोरी सुनीता, सुकमाया गुरुङ, विनोद गुरुङ, राजकुमारी गुरुङ र चालक आनन्दकुमार गुरुङ पनि घाइते भएका छन् । उनीहरु सबै घाइते सबै रञ्चोका भएको प्रहरीले बताएको छ ।

घाइतेमध्ये विमला, रमा, क्षेत्रकमारी र सुकमायाको अवस्था गम्भीर रहेको छ । उनीहरुलाई थप उपचारको काठमाडौं लगिएको छ ।

प्रहरीले गरेको प्रारम्भीक अध्ययनअनुसार जीपको ब्रेक फेल हुँदा जीप दुर्घटना भएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal