आज :

होलीमा ट्राफिक नियम उलंघन गर्ने १९४१ सवारी चालक कारवाहीमा

काठमाडौं । होली पर्वमा ट्राफिक निमय उलंघन गर्ने १९४१ जनालाई कारवाही गरिएको छ । उपत्यकाभित्र जथाभावी रुपमा सवारी साधन चलाउने उनिहरुलाई कारवाही गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

महाशाखाले सोमबार होली पर्वका अवसरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १,६४५ दुईपाङ्ग्रे र २९६ वटा चारपाङ्ग्रे सवारी साधनलाई कारवाही गरेको छ । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने, ओभर लोड तथा मोटरसाइकलमा तीनजना राखेर चलाउने, तीव्र गतिमा चलाउने र मोडिफाई वा ठूलो आवाज निकालेर चलाउने चालकलाई कारवाही गरिएको जानकारी दिए ।

सोमबार विहान ७ बजेदेखि बेलुका ७ बजेसम्म महाशाखालगायत उपत्यकास्थित सम्पूर्ण ट्राफिक कार्यालयहरूले ७६ स्थानमा विशेष ट्राफिक चेकजाँच गरेको थियो । त्यस्तै १४ वटा मोबाइल भ्यानवाट मोवाईल चेकजाँच तथा मोटरसाइकलमा थप ट्राफिक प्रहरी परिचालन गरेको महाशाखाका प्रमुख ढकालले जानकारी दिए ।

प्रभावकारी सचेतनाका कारण मानवीय भएन

ट्राफिक प्रहरीले संचालन गरेको सचेतनाका कारण सडक घटनामा न्यूनिकरण हुनुको साथै कुनै मानविय क्षति भएन । ट्राफिक महाशाखाले काठमाडौँ उपत्यकाको विभिन्न चोकहरूमा ‘तीव्र गतिमा सवारी नचलाऔँ’, ‘मापसे गरी सवारी नचलाऔँ’ भन्ने लेखिएका प्लेकार्ड बोकेका ट्राफिक प्रहरी समेत परिचालन गरेको थियो । यस्तै विभिन्न अभियानबाट ट्राफिक सचेतना प्रदान गरिएको महाशाखाका प्रमुख ढकालले बताउँछन् । प्रभावकारी र जनमुखी सचेतनाले नै विगतको भन्दा घटना न्यूनीकरण भएको ढकालको दाबी छ ।

काठमाडौं उपत्यकामा होलीको दिन २० वटा सवारी दुर्घटना भएको महाशाखाले जनाएको छ । सो दुर्घटनामा १९ जना सामान्य घाइते भएका छन् भने कुनै पनि मानवीय क्षति भएको छैन ।

महाशाखा प्रमुख ढकालले विगतको समयमा जस्तो सडकमा उच्छृङ्खल गतिविधि नगरी सबैले ट्राफिक प्रहरीको अनुरोधलाई पालना गरेर रङ्गको पर्व होलीलाई संस्कृतिअनुसार आपसी शुभकामना तथा सद्भाव साटासाट गरेर शान्तिपूर्ण तवरले मनाइएको भन्दै सबैलाई धन्यवाद दिएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal