आज :

यूएई र अस्ट्रेलियामा नेपालीलाई कोरोना भाइरस संक्रमण

काठमाडौं । यूएइ र अस्ट्रेलियमा नेपालीलाई कोरोना भाइरस संक्रमण देखिएको छ । दुई नेपालीसहित १४ नयाँ संक्रमित भएको संयुक्त अरब इमिरेट्स (यूएई) को स्वास्थ्य मन्त्रालयले पुष्टी गरेको छ ।

मन्त्रालयले बताएअनुसार नयाँ संक्रमितमा चार जना यूएईका बाहेक सबै विदेशी नागरिक रहेका छन् । दुई नेपाली, तीन इटली, दुई बंगलादेशीका साथै रुस, सिरिया र भारतका एकएक नागरिक कोरोना भाइरसबाट संक्रमित भएको यूएइ सरकारले जनाएको छ ।

अहिलेसम्म यूएईमा संक्रमितको संख्या ५९ पुगेको छ । जसमा मध्ये १२ जना निको भएर घर फर्किएका छन् ।

त्यसैगरी अध्ययनको लागि अष्ट्रेलिया पुगेका एक नेपाली विद्यार्थी पनि कोरोनाबाट संक्रमित भएका छन् । तास्मानिया राज्यस्थित होबार्टमा एक नेपाली विद्यार्थीलाई कोरोना भाइरसको संक्रमण भएको स्थानीय सरकारले जनाएको छ । हाल उनलाई अस्पताल भर्ना गरिएको छ भने उनीसँग नजिकको सम्पर्कमा रहेका चार जनालाई पनि क्वारेन्टाइनमा राखिएको छ ।

नेपालबाट हालै सिंगापुर र सिड्नी हुँदै ती विद्यार्थी होबार्ट पुगेका थिए । नेपाली सोसाइटी अफ तास्मानियाकी अध्यक्ष पुनम पन्तका अनुसर ती विद्यार्थीको स्वास्थ्य सुधार भइरहेको छ । उनले हस्पिटलको सम्पूर्ण निर्देशन पालना गरेकाले आत्तिनु नपर्ने समेत बताइन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal