आज :

मापसेबाट बच्‍न ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्दा श्रेष्ठ पक्राउ

काठमाडौं । ट्राफिक प्रहरीलाई आर्थिक प्रलोधनमा पार्न खोज्ने एकजना पक्राउ परेका छन् ।

कलंकी चोकमा डिउटीमा खटिएका ट्राफिक प्रहरीले सवारीसाधन चेकजाँच गर्ने क्रममा कालीमाटीवाट कलंकी आउँदै गरेको बा ५ च ९०५१ नम्बरको कारका चालक विनोद श्रेष्ठले ट्राफिक प्रहरीलाई घुस दिन खोज्‍दा पक्राउ परेका हुन् । श्रेष्ठ चन्द्रागिरी नगरपालिकाका बासिन्दा रहेको ट्राफिक प्रहरीले जनाएको छ ।

श्रेष्ठले आइतबार राति मादक पदार्थ सेवन गरी सवारी चलाएका थिए । उनले ५ हजार रुपैयाँ दिएर कारवाहीबाट बच्‍ने प्रयास गरेका थिए ।

डिउटीमा खटिएका ट्राफिक प्रहरीले चालकलाई सवारी साधनसहित पक्राउ गरेको थियो । श्रेष्ठलाई  महानगरीय प्रहरी वृत्त,कालिमाटीमा बुझाएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal