आज :

आज फागु पूर्णिमा, समूहमा होली नखेल्न आग्रह

काठमाडौं । आज फागू पूर्णिमा । काठमाडौं उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा होली पर्व मनाइँदै छ । वसन्त ऋतुको आगमनको सुरुवातमा पर्ने फागु पर्व एक आपसमा मैत्री भाव प्रकट गर्न सामूहिक रुपमा भेला भएर एक अर्कामा रंग दलेर तथा लोला खेलेर मनाउने भएपनि यसपटक भने त्यो नहुने भएको छ ।

विश्‍वमा महामारीको रुप लिइरहेको कोरोना संक्रमण खतरा रहेकोले सामुहिक रुपमा होली नखेल्न सरकारले आग्रह गरेको छ । यसअघि विहानैबाट होलीको चहलपहल हुने भएपनि यसपटक भने सुनसान छ । मानिसहरु सदाझैं आफ्नो दैनिकीमा छन् ।

असत्यमाथि सत्यको विजय भएको दिनको रुपमा होलीलाई मनाइँदै आएको छ । तराई मधेसमा भोलि होली मनाउने चलन छ । तराइमा भने तीनदिनसम्म होली मनाउने गरिन्छ ।

आज साँझ काठमाडौंको वसन्तपुरमा उपस्थित मानिसले वातावरणलाई नै रंगीचंगी तुल्याउँदै त्यहाँ गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुंंडिखेलमा लगी जलाउँछन् । जसलाई होलीका दहन भनिन्छ ।

चीरमा राखिएका ध्वजापताकाहरू औषधोपचारको काममा प्रयोगमा आउने विश्वासका साथ लैजाने गरिन्छ । अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाउने चलन छ । फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठकअगाडि मैलको रुखलाई रंगीचंगी ध्वजापताका साथ सिंगारी गाडिएको चीरमा पूजाआजा गरेपछि फागु शुरु हुन्छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal