आज :

सशस्त्र प्रहरी जवान मिश्रले आफैलाई गोली हाने  

सर्लाही । एकजना सशस्त्र प्रहरी जवानले आफैलाई गोली हानेका छन् । सशस्त्र प्रहरी बल नं १० गण कविलासीमा कार्यरत आन्नद मिश्रले आफैले बोकेको हतियारले गोली हानेका हुन् ।

सर्लाहीको बलराका मिश्राले ड्‍युटीमा बसेको बेला एसएलआरबाट आफ्नो घाटीमा गोली फायर गरेका थिए । गोली लागेर मिश्र गम्भीर घाइते भएको प्रहरीले बताएको छ ।

घाइते मिश्रलाई उपचारको लागि वीरगञ्जमा पठाइएको छ । मिश्रले किन आफैलाई गोली हाने भन्‍ने खुलेको छैन । केही दिनदेखि तनावमा रहेका मिश्रले किन गोली हाने भन्ने अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal