आज :

आज ८ मार्चः श्रमिक महिला दिवस मनाइँदै, सार्वजनिक बिदा

काठमाडौं । आज ८ मार्च । विश्‍वभरका श्रमिक महिलाहरुले नारी दिवस मनाउँछन् । नेपालसहित विश्वभरका महिलाहरुले सदाझैं  आज पनि ११० औं अन्तर्राष्ट्रिय नारी दिवस मनाईंदैछन् ।

‘समानताको पुस्ताः अन्त्य गरौं हिंसा विभेद र असमानता’ मूल नाराका साथ महिलाहरुले विभिन्‍न कार्यक्रम गरी नारी दिवस मनाइरहेका छन् ।

समाजवादी महिला नेत्री रोजा लक्जेम्बर्ग र क्लारा जेट्किनको अगुवाईमा श्रमिक महिला दिवस मनाउन सुरु गरिएको हो । ८ मार्चकै दिन १८५७ मा अमेरिकाको सिकागो सहरमा सुती कपडा कारखानाका मजदुर महिलाहरूले कामको घन्टा घटाउनुपर्ने, समान कामको समान ज्याला हुनुपर्ने, सुत्केरी बिदाको व्यवस्था हुनुपर्ने, ट्रेड युनियनमा महिला मताधिकार सुनिश्चित हुनुपर्नेलगायत माग राखेर आन्दोलन गरेका थिए । उक्त आन्दोलन सफल भएको थियो ।

सन् १९११ मा अन्तर्राष्ट्रिय रोजा र क्लाराकै अगुवाइमा डेनमार्कको कोपनहेगनमा महिलाहरुको अन्तर्राष्ट्रिय सम्मेलन भयो । सम्मेलनले अमेरिकामा महिलाहरुको गरेको आन्दोलनको समर्थन गर्दै त्यही दिनको सम्झनामा अन्तर्राष्ट्रिय नारी दिवस मनाउने भन्‍ने निर्णय गरेको थियो ।

सुरुमा १७ देशका एकसय जना महिलाहरु मात्रै सहभागी भएका थिए । विस्तारै यो सम्मेलनको प्रभाव विश्वभरका श्रमिक महिलाहरुसम्म पुग्यो । श्रमिक तथा मुक्तिकामी महिलाहरुले सुरु गरेको यो नारी दिवस अहिले फेसन पनि बनेको छ ।

आज सरकारले महिलालाई सार्वजनिक बिदा समेत दिएको छ । यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले महिला दिवसका अवसरमा शुभकामना सन्देश दिएकी छन् । महिलाको आर्थिक, सामाजिक तथा व्यवस्थापकीय रुपमान्तरणका माध्यमबाट सामाजिक सचेतना तथा राष्ट्रिय समृद्धि हासिल गर्न मद्धत पुग्ने विश्वास सन्देशमा भण्डारीले गरेकी छन् ।

त्यसैगरी भण्डारीले लैंगिक समानताका लागि क्रियाशिल सम्बद्ध सबैमा थप उत्साहका साथ काम गर्ने प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्दै नारी दिवसको उद्देश्य साकार पार्न सम्बद्ध सबैको अग्रसरता आवश्यक रहेकोमा जोड दिएकी छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal