आज :

पोखरा अडिसनबाट नेपाल स्टारको प्रसारण शुरुवात

पोखरा ।  गायन रियालिटी शो वाइवाइ नेपाल स्टारको प्रसारण शनिवार राती ९ बजे देखी नेपाल टेलिभिजनमा हुदैछ । नेपाल टेलिभिजनका लागि ‘कि इन्टरटेन्टमेन्ट एण्ड रिसर्च प्रा.लि ले उत्पादन गरेको शोको पहिलो एपिसोडमा पोखरा अडिसनलाई प्रसारण गर्न लागिएको कार्यक्रम निर्देशक रवि श्रेष्ठले जानकारी दिए । गत पौष २९ गते बाराही माबी मालेपाटनमा पोखरा अडिसन सम्पन्न भएको थियो ।
शोमा गायक रामकृष्ण ढकाल , गायिक अन्जु पन्त र संगितकार आलेकश्री निर्णायकको भुमिका देखिनेछन् । भने कार्यक्रम प्रस्तोताको रुपमा सन्जोक बस्याल र निशा पाठक रहेका छन् ।

पोखरामा लामो समय संचार क्षेत्रमा सक्रिय रहेर काम गरेका बस्याल पहिलो पटक टेलिभिजनको पर्दामा कार्यक्रम संचालकको भुमिकामा देखिदैं छन् । ‘नेपाल टेलिभिजनमा पहिलोपटक रियालिटी शो होस्ट गर्दैछु त्यो पनि मेरो प्यारो पोखराको अडिसनसंगै सुरुवात हुदैछ ,यो गज्जबको संयोग जुरेको छ’,बस्यालले भने, ‘म निकै उत्साहित छु ।’ बस्यालले पोखरा र पश्चिमाञ्चल आसपासका क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका थिए । हाल उनि रेडियो कान्तिपुरमा कार्यरत छन् । बस्यालसंगै प्रस्तोताको रुपमा रहेकी पाठक मिस ग्राण्ड नेपाल २०१९ की बिजेता हुन् ।

पाठकले कार्यक्रम बनाउँदा निकै मिहेनत गरेका कारण दर्शकहरुले मनपराउने विश्वास व्यक्त गरिन् ।
‘एकदम खुशी लागेको छ ,नेपालको आफ्नै मौलिक शो होस्ट गर्न पाउँदा पाठकले भनिन्, ‘पहिलो एपिसोड भएकोले डर लागिराछ ,विश्वास छ दर्शकहरुले मनपराउनु हुनेछ’ । कार्यक्रम निर्देशक श्रेष्ठले ४ देखी ५ वटा राउण्ड गरि कुल ३६ वटा एपिसोड प्रसारण गरिने जानकारी दिए ।
‘हाललाई ३६ वटा एपिसोड छ तर बढ्न पनि सक्छ’,श्रेष्ठले भने ‘कस्तो किसिको प्रतिक्रिया आउँछ भन्नेमा खुल्दुली छ तर जे जस्तो आउँछ त्यसलाई हामी स्विकार्छौं’ प्रतियोगिताको लागी सात प्रदेश र काठमाण्डौं सहित ८ स्थानमा अडिसन लिइएको थियो ।  यो रियालिटी शोको पावर्ड वाइ टाइटलमा वृज सिमेन्ट, बैंकिङ पार्टनरमा सिद्धार्थ बैंक, लाइफ इन्स्योरेन्स पार्टनरमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी, रेड कार्पेट पार्टनरमा यती कार्पेट, डिजिटल पार्टनरमा की डिजिटल र रेडियो पार्टनरमा हिमालय एफएम नेटवर्क रहेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal