आज :

आरोप झुटो हो, प्रहरीले पक्राउ गरेको होइन फसाउने षड्‍यन्त्र भएपछि बुझ्न आएको हुँः सांसद रावल

धनगढी । सुदूरपश्चिम प्रदेशसभा सदस्य अक्कल बहादुर रावलले आफ्नो चरित्र हत्या गर्ने षड्यन्त्रका साथ आफूमाथि बलात्कारको आरोप लगा‍इएको बताएका छन् । उनले आफूलाई प्रहरीले पक्राउ नगरेको समेत बताएका छन् । झुटो आरोपमा उजुरी परेको सूचना पाएपछि बुझ्न भनेर प्रहरी कार्यालयमा पुगेको बताए ।

एक महिलाले आफूमाथि बलात्कारको प्रयास गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् । तर सांसद रावलले सुनियोजित रुपमा आफूलाई फसाउने षड्यन्त्र भएको बताएका छन् ।

”मलाई प्रहरीले पक्राउ गरेको होइन, मेरो नाममा उजुरी परेको जानकारी पाएपछि आफै जिल्ला प्रहरी कार्यालय कैलालीमा पुगेको हुँ । तर प्रचार गलत ढंगबाट गरियो” रावलले भने । उनले आफूलाई बद्‍नाम गराउन नियोजित रुपमा महिलालाई प्रयोग गरिएको समेत बताए ।

सत्तारु (नेकपा)  को प्रदेससभाका सचेतक समेत रहेका रावलले आफूले ती महिलालाई बलात्कार वा कुनै दुर्व्यवहार नगरेको बताए । उनले प्रमाणित गर्न समेत चेतावनी दिएका छन् । उनले सत्तको अगाडि असत्य कहिलै नटिक्ने समेत बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal