आज :

गोरखामा जीप दुर्घटनाः वडा सचिवको मृत्यु, उपाध्यक्ष गम्भीर घाइते 

गोरखा । बुधबार राति गाेरखामा जीप दुर्घटना हुँदा वडा सचिवको मृत्यु भएको छ भने उपाध्यक्ष घाइते भएकी छन् । गोरखाकाे मान्बुमा दुर्घटनामा परी धार्चे गाउँपालिका–६ का वडा सचिव किरण रिमालको घटनास्थलमै मृत्यु भएको छ । रिमालको घर लमजुङ हो ।

ग १ ज ५५०५ नम्बरको बोलेरो जीप दुर्घटनामा परी सोही गाउँपालिकाकी उपाध्यक्ष फूलमाया गुरुङसहित सात जना घाइते भएका छन् । काशी गाउँमा आयोजना गरिएको अपाङ्ग परिचयपत्र वितरण कार्यक्रमका लागि उपाध्यक्ष गुरुङ र कर्मचारीसहितको टोली मान्बु जाँदै थिए ।  त्यही क्रममा उनीहरुले प्रयोग गरेको दुर्घटना भएको थियो ।

घाइतेहरुलाई स्थानीय स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपछि काठमाडौं ल्याउने तयारी भइरहेको छ ।

  • फाइल फोटो

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal