News Portal

  • रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना, २६ जना घाइते

    १४७ पटक

    काठमाडौं । रामेछापबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस दुर्घटना भएको छ । बा ४ ख ७१०२ नम्बरको बस काभ्रेको चौरी देउरालीमा दुर्घटना हुँदा २६ जना घाइते भएका छन् ।

    देउराली काभ्रेको कोशीपारी पर्छ । बस रामेछापको गुराँसेबाट छुटेको थियो । प्रत्यक्षदर्शीका अनुसार साइड दिने क्रममा बस दुर्घटना भएको हो । प्रहरीका अनुसार घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर छ । उनीहरुको धुलिखेल अस्पताल उपचार भइरहेको छ ।

    घाइतेको स्थानीय र प्रहरीले उद्दार गरेका थिए ।

    प्रतिकृया दिनुहोस्