आज :

तालिवानी बन्दीलाई रिहा गर्न अस्वीकार, शान्ति सम्‍झौता संकटकमा 

काठमाडौं । अफगानिस्तान सरकारले तालिवानी विद्रोहीका कैदीबन्दीलाई रिहा गर्न अस्वीकार गरेको छ । अफगान राष्ट्रपति असरफ घानीले सो शर्त अस्वीका गरेका हुन् ।

योसँगै अमेरिका र तालिवानीबीच कतारमा भएको शान्ति सम्झौता धरापमा परेको छ । अमेरिका र तालिवानीबीच भएको शान्ति सम्झौतामा  विद्रोहीहरुसँग शान्ति सम्झौता गरेलगत्तै राष्ट्रपति घानीले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले अमेरिकासँग विद्रोहीहरुले सम्झौता गरेपनि सरकारले तालिवानी कैदीहरुलाई रिहा गर्न कुनै प्रतिवद्धता नगरेको दावी गरेका छन् ।

राष्ट्रपति घानीले शान्ति प्रक्रियाका लागि विद्रोही बन्दी रिहा गर्ने शर्त मान्य नहुने स्पष्ट पारेका छन् ।

अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार कतारमा गत शनिबार भएको सम्झौताअनुसार आगामी मार्चको पहिलो हप्ताभित्र थुनामा रहेका दश हजार तालिवानी विद्रोहीलाई रिहा गर्नुपर्ने छ ।

सम्झौतामा अफगानिस्तानबाट अमेरिकी सेनाको चरणवद्ध घर फिर्तीसमेत उल्लेख छ । अमेरिकाले आफ्ना सेना फिर्ता बोलाउने शर्तमा इस्लामिक समूह अफगान सरकारसँग शान्ति वार्ता गर्न तयार रहेको अमेरिकाको दावी छ ।

सम्झौतासँगै तालिवानीहरुको नियन्त्रणमा रहेका क्षेत्रमा सबै कट्टरपन्थी समूह सञ्चालनमा रोक लगाइएको छ ।

सन् २००१ सेप्टेम्बरमा अल कायदाले अमेरिकीमा जुम्ल्याहा भवनमा आक्रमण गरे लगत्तै अमेरिकाले अफगानिस्तानमा सैन्य कारवाही थालेको हो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal