
तुलसीपुर, वैशाख २८ गते । प्रथम राष्टिय खुल्ला पुरुष खो खो प्रतियोगितामा आर्मीले जित हासिल गरेको छ । चार सेटको रोमाञ्चक प्रतिष्पर्धामा आर्मीले १६ अकंका विरुद्ध २० अंकले लुम्बिनीलाई स्तब्ध पारेको हो ।
यस्तै, सुदुुरपश्चिम प्रदेशले कर्णाली प्रदेशलाई ७ अंकविरुद्ध १२ अकंले पराजित गरी तेश्रो हुन सफल भएको छ ।
यहाँस्थित अरनिको रंगशालामा भइरहेको प्रतियोगितामा विजयी समूहलाई लुम्बिनी खेलकुद परिषदका सदस्य सचिव तिरनदाज गौतम र नेपाल खो खो संघका केन्द्रीय अध्यक्ष प्रदिप महर्जनले पुरस्कार वितरण गर्नुभयो ।
विजेता आर्मीले ५० हजार, उपविजेता लुम्बिनीले २५ हजार र तेश्रो हुने सुदूरपश्चिमले १० हजार रुपियाँ नगदसहित कप, मेडल र प्रमाणपत्र पाएका छन् ।
यस्तै, प्रतियोगितामा बेष्ट खेलाडी आर्मीका बेदबहादुर ओली, बेष्ट एट्याकर नेपाल आर्मीका विष्णु थारु र बेष्ट डिफेन्डर लुम्बिनीका विकास विकलाई चयन गरिएको छ ।
सो अवसरमा खो खो संघका केन्द्रीय सदस्य उषा कवरमगर, गोरखापत्र संस्थानका सल्लाहकार सम्पादक उपेश महर्जन, नेपाल खो खो संघका केन्द्रीय अध्यक्ष प्रदिप महर्जन, केन्द्रीय उपाध्यक्ष तथा प्रमुख प्रशिक्षक लक्ष्मीनारायण वैद्यलगायतलाई सम्मान गरिएको थियो ।
भारत र नेपालका अन्तराष्टिय प्रशिक्षक तथा रेफ्रिहरुको उपस्थिति रहेको दाङ्ग खो खो संघको अध्यक्ष वालकृष्ण शाहले बताउनुभयो ।
उहाँका अनुसार प्रथम खो खो प्रतियोगिता अभूतपूर्व रुपमा सफल रहेको बताउनुहुँदै करिब तीस लाख बजेटको लागतमा प्रतियोगिता सम्पन्न भएको हो ।
यस्तै, प्रतियोगिता सम्पन्न भएपछि नेपाल, भारतका राष्टिय टोली र आयोजक लुम्बिनी प्रदेशबीच मैत्रीपूर्ण खेल हुनेछन् । हालै प्रथम विश्वकप खो खो प्रतियोगिताको दुबै समूहमा नेपाल दोश्रो हुन सफल रहेको थियो ।
आयोजक खो खोका पदाधिकारीहरुले विश्व कपमा उपबिजेता भएकाले चाँडै नेपाल सरकारबाट पाउने पुरस्कार राशी निकासा गर्न माग गरेका छन् ।
अशोक कुमार त्रिपाठीको नेतृत्वमा भारतीय खो खो संघका अन्तराष्टिय निर्णायकहरु सञ्जय भारदाज, गौरभ चतुर्वेदी, रविन्द्र गुज्जर, जयप्रकाश, धनपाल सिंहले प्रतियोगितामा प्रत्यक्ष रुपमा सहयोग गरेका थिए ।
नेपाललाई दोश्रो विश्वकप खो खोमा नेपाललाई विजेता गराउनको लागि हरेक कोणबाट प्रशिक्षण गराउनको लागि नेपालमा आइपुगेको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रम समापन कार्यक्रम तुलसीपरस्थित गोरखा माध्यामिक विद्यालयका ७२ जना महिला विद्यार्थीहरुले नेपाल झल्किने नृत्य प्रस्तुत गरेको थिए ।