आज :

विप्लवको नेतृत्वमा सम्पन्न हुने क्रान्तिले विदेशी भूमीमा रहेका नेपालीलाई स्वदेश फिर्ता गर्नेछः पुन

नयाँदिल्ली । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य ओमप्रकाश पुनले नेपाली क्रान्ति अधुरै भएकाले बाच्नको लागि नेपाली नागरिकले विदेशीनु परेको बताएका छन् । दैनिक नेपाली युवा शक्ति विदेशीनुले देशको अवस्था कस्तो छ भन्ने कुराको संकेत गरेको बताए ।

भारतस्थित पार्टी निकट प्रवासीहरुलाई सम्बोधन गर्दै नेता पुनले पटकपटक भएका क्रान्ति वा आन्दोलनमा जनताले रगत र पसिना बगाएको तर नेतृत्वको गद्धारीका कारण बिचमै तुहिइएको बताए । नेपालमा चलेको दश वर्षे जनयुद्धको नेतृत्वले गद्धारी गर्दा उत्पीडित वर्गको मुक्ति नभएको बताए ।

‘प्रवासी नेपाली जनसमाज भारतको दोस्रो राष्ट्रिय सम्मेनमा बोल्दै नेता पुनले संसारबाट साम्राज्यवाद र दलाल पुँजिवाद ध्वस्त नभएसम्म जनताको मुक्ति नहुने बताए । पुनले नेपालमा मौलाइरहेको दलाल संसदीय व्यवस्था रहेसम्म जनताको मुक्ति र राष्ट्रको उन्नती सम्भव नभएको बताए ।

नेपालमा पटकपटक भएका आन्दोलनमा जनताको ठूलो त्याग र बलिदान भएपनि नेतृत्वको धोका दिएको बताउँदै पुनले भने, “कुनैबेला काँग्रेसले जमिन जोत्नको नारा दिएर संघर्ष गरे, जनताले साथ दिए । झापालीहरुले क्रान्तिकारी भूमिसुधारको नारा लिए जनताले समर्थन गरे, नेकपा माओवादीले आमूल परिवर्तनको नारा बोकेर जनयुद्ध गर्यो, सबै उत्पीडित जनता, आदिवासी, दलित सबै जनता लामबद्ध भयौं तर नेतृत्वले गद्धारी गर्यो । क्रान्तिकारी धाराबाट प्रतिक्रान्तिकारी धारामा गएको छ । फेरि तपाईँ हामीले क्रान्ति चाहियो भन्दै उठ्नुपर्ने अवस्था आयो ।” पुनले मौलाइरहेको दलाल पुँजिवाद ध्वस्त नभएसम्म नेपाली जनताको स्वाधिनता र आत्मसम्मान प्राप्त नगर्ने भएकै कारण आफ्नो पार्टीले एकीकृत जनक्रान्तिमार्फत नयाँ क्रान्तिको सुरु गरेको बताए ।

नेता पुनले एकीकृत जनक्रान्तिमार्फत प्राप्त हुने वैज्ञानिक समाजवादले मात्रै उत्पीडित वर्ग, क्षेत्र, समुदायको मुक्ति हुने भएकोले सबैलाई एकीकृत जनक्रान्तिको झण्डामुनि गोलबद्ध हुन आग्रह गरे । उनले अहिलेको दलाल संसदीय व्यवस्था रहेसम्म नेपाली जनताले विदेशिन बाध्य हुने क्रम नरोकिने बताए । सम्बोधको क्रममा आम नागरिकको स्वभिमानका साथ देशमै सीप, कलाअनुसारको रोजगारी पाउने बताए । उनले भारतमा रहेका सम्पूर्ण प्रवासी नेपालीहरुलाई पार्टीले सुरु गरेको संघर्षमा साथ दिन अपील समेत गरे ।

भिडियो 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal