आज :

नेकपाले विप्लवको सहभागीतामा २५ औं जनयुद्ध दिवस मनाउँदै

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले साताव्यापी जनयुद्ध दिवस मनाउने तयारीमा जुटेको छ । विप्लव नेतृत्वको नेकपाले फागुन १ गते देशव्यापी जनप्रदर्शन गर्ने यसअघि नै बताइसकेको छ ।

देशका मुख्य शहरमा जनसभामाको तयारी नेकपाले गरिरहेको छ । त्यस्तै फागुन २, ३ र ४ गते विभिन्न रचनात्मक कार्यक्रमहरू गर्ने, फागुन ५ गते भने देशव्यापी रूपमा साहित्यिक कार्यक्रमहरू गरेर २५ औं जनयुद्ध दिवस मनाउने नेकपाले जनाएको छ ।

जनयुद्ध दिवसको कार्यक्रमअन्तर्गत नेकपाले फागुन १० गते भारतले कब्जा गरेको भूमि फिर्ता गर्न र एमसीसी सम्झौता खारेज गर्न माग गर्दै देशव्यापी जनप्रदर्शन गर्ने बताएको छ ।

त्यसैगरी जिल्लाहरुले जनयुद्धका सहिद, बेपत्ता परिवारलाई सम्मान र भेटघाट तथा अन्तरक्रिया, जनयुद्धका घाइते योद्धाहरुलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको बताइएको छ । अमेरिकाले अगाडि सारेको एमसीसी र नेपालका कालापानी, लिपुलेक, लिम्पियाधुरामाथिको भारतीय हस्तक्षेपविरुद्ध विविध कार्यक्रम गर्न लागेको नेकपाले स्रोतले बताएको छ ।

२०५२ साल फागुन १ गते जुन उद्देश्यले जनयुद्धको सुरु गरिएको थियो, त्यो पूरा नभएको भन्दै नेकपाले बताउँदै आएको छ । उसले नयाँ शिरबाट बाँकी उद्देश्य पूरा गर्ने भन्दै एकीकृत जनक्रान्तिको कार्यदिशा अगाडि सारेको छ ।

फागुन १ गते रोल्पाको होलेरी, रुकुमको आठबिसकोट र सिन्धुलीको सिन्धुलीगढी प्रहरीचौकीमाथि आक्रमण गरेर सुरु भएको जनयुद्धले राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापन गरेको थियो ।

नेकपाले महासचिव विप्लवसहित शिर्ष नेताहरुको सहभागिता जनयुद्ध दिवस मनाउन लागेको बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal